राज शाही मंगलबार, बैशाख २९, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको  हिमाली जिल्ला हुम्लाको ग्रामिण भेगमा रहेका विद्यार्थीलाई झोला, ड्रेस, स्वीटर, टोपी र जुता वितरण गरिएको छ । उक्त सामाग्री हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका वडा नं ३ मा रहेको बानादेव आधारभुत विद्यालय मासपुरमा अध्ययनरत प्रति विद्यार्थीलाई २३ ।२३ थान वितरण गरिएको हो ।सामाजिक विकास कार्यालयको आर्थिक सहयोग र पत्रकार नरजन तामाङको समन्वयमा उक्त सामाग्री सो विद्यालयलाई वितरण गरिएको हो ।

यस अघि उक्त विद्यालयमा अध्यनरत विद्यार्थीहरुका अभिभावको अवस्था दयनिय हुँदा विद्यार्थिले विद्यालय जाँदा कापी कलम समेत हाल्ने झोला नभएको, विद्यालय ड्रेस पनि झुत्रा लगायर जानु पर्ने अवस्था र विद्यालयमा शिक्षण सामाग्री पनि नभएको भन्ने समाचार संप्रेसण भएको थियो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगत हुम्ला जिल्लामा स्थापना भएको सामाजिक विकास कार्यालयले हुम्लाले यस अघि संप्रेसण भएको समाचारलाई मनन गरी उक्त सहयोग गरेको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वरबहादुर सिंहले बताएका छन् । सामाग्री  एक कार्यक्रमको आयोजना गरि वितरण गरिएको हो ।

उक्त समाचार संप्रेसण भएको १५ दिन भित्र विद्यार्थीलाई आवश्यक पर्ने सामाग्री उपलब्ध गराउने सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर बहादुर सिंहले प्रतिवद्धता व्यक्त गरेका थिए । सोही अनुसार वितरण गरिएको पनि जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९