राज शाही सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

१५ दिने हाते धुप सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ । उक्त तालिम कर्णाली प्रदेशको हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाले संचालन गरेको हो । समुदायका आर्थिकरुपमा विपन्न लक्षित वर्गका महिलाहरुलाई उक्त तालिम पर्दान गरिएको हो । सिमकोट गाउँपालिका अन्तरगत उधम विकास शाखाको आर्थिक सहयोग र गाउँपालिकाको आयोजनामा आज सम्पन्न भएको जानकारी प्राप्त भएको छ ।

आर्थिक विपन्न महिलाको आय आर्जनमा वृद्धि गर्नका लागी उक्त तालिम संचालन गरेको उधम विकास सहजकर्ता शान्ति भण्डारीले बताएकी छन् । स्थानिय स्तरबाटै प्राप्त कच्चा पर्दाथबाट उत्पादन गर्न सकिने भएकाले स्थानिय महिलालाई तालिम पर्दान गरी आर्थिक उपार्जनका लागी उक्त तालिम दिएको सहजकर्ता भण्डारीले बताएकी छन् । बैशाख २ गतेबाट संचालन भएको उक्त तालिममा थुपी, चिमालो, जटामासी, नेपाली कागज लगायतका कच्चा पर्दाथबाट बनाइएको भण्डारीले बताएकी छन् ।

त्यसै गरी सिमकोट गाउँपालिकाका अध्यक्ष एव उपाध्यक्ष पत्रकारहरुको उपस्थितमा सोही गाउँपालिका वडा नं १ मा निर्माण भएका योजनाहरुको अनुगमन गरिएको छ । अनुगमनमा सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, पुर्व वडा अध्यक्ष ताराबहादुर लामा, योजना शाखा प्रमुख, रोकाया, पत्रकार महासंघका उपाध्यक्ष छपाल लामा, सहजकर्ता ललिता रावत लगायत सरोकारवाला निकायको उपस्थित रहेको थियो । अनुगमन गरिएका योजनाहरुमा विद्यालय, घट्ट, सिचाइ लगायतका योजनाहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९