राज शाही सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा संचार सेवाले फट्को मार्दै गएको छ । नेपाल टेलिकमको प्रत्यक्ष निगरानीमा हुम्ला जिल्लाका ग्रामिण भेग सम्म 4G सेवा संचालनमा आएका छन् । सर्केगाड, चंखेली, खार्पुनाथ, सिमकोट र नाम्खा   लगाएतका गाउँपालिकामा 4G  सेवा संचालनमा रहेका छन् ।

जिल्लाका ग्रामिण भेग सम्म विद्युत सेवा सहजै उपलब्ध नहुदा 4G सेवा सोलारको भरमा संचालन हुँदै आएका छन । संचालनमा रहेका 4G  सेवा हिमाली जिल्ला हुम्लामा हुने भारी हिमपात, असिना पानी सँगै हावा हुरीले पटक पटक विग्रने समस्या बढेको छ । यसै बीच नाम्खा गाउँपालिका वडा नं ५ मा  इलिङ काँधमा राखिएको 4G  सेवा ७ महिना पछि संचालनमा आएको छ । सोही गाउँपालिका वडा नं ४ याल्बाङ याँङगार वडा नं ५ को मुचु यारी तुम्कोट लगाएतका गाउँहरुमा संचालन हुँदै आएको 4G सेवा विगत ७ महिना देखि वन्द रहेको थियो ।

नेपाल टेलिकम हुम्ला शाखाका प्राविधिक ओब्जन शाही 4G टावर राखिएको स्थान इलिङ काँधमा पुगी बिग्रेको 4G टावरको आर आर यु नयाँ जडान गरेपछि आज सोमबार विहान १० बजेबाट उक्त टावर संचालनमा आएको प्राविधिक शाहीले बताएका छन् । उक्त टावर संचालनमा आउदा सेवाग्राही खुसी भएको जानकारी प्राप्त भएको छ । त्यहाँका स्थानियले नेट इन्टरनेट सहजरुपमा प्रयोग गर्न पाएको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९