राज शाही शुक्रबार, बैशाख १८, २०८३ मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्लामा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन सम्बन्धिको बैठक बसेको छ । उक्त बैठकले हुम्ला जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गते देखि २४ गते सम्म सिमकोट स्थित खेल मैदानमा संचालन गर्ने निर्णय गरेको छ ।

सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख इश्वर बहादुर सिंहको अध्यक्षतामा बसेको उक्त बैठकले कर्णाली प्रदेश स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता बैशाख २७ गतेबाट २९ गते सम्म हुने भएकाले सोही प्रतियोगितालाई लक्षित गरी हुम्ला जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता संचालन गर्ने निर्णय गरेको हो ।

१६ औ राष्ट्रपति रनिशिल्ड प्रतियोगिता संचालन,व्यवस्थापन,सहजीकरण लगायतको कार्य गर्नका लागी हुम्ला जिल्ला स्थित सदरमुकाम सिमकोटमा स्थापना भएको बालमन्दिर माध्यामिक विद्यालयलाई जिम्मा दिने निर्णय गरिएको छ । जिल्ला स्तरिय राष्ट्रपति रनिसिल्ड प्रतियोगिताको सुरक्षाका लागी जिल्ला प्रशासन कार्यालयलाई अनुरोध समेत गर्ने निर्णय समिति गरिएको छ ।

उक्त बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, प्रहरी निरिक्षक विष्णुबहादुर श्रेष्ठ, मानसरोवर नमुना माध्यामिक विद्यालयका प्रधानाध्याप अमरबहादुर शाही, बालमन्दिर माध्यामिक विद्यालयका कैलास रोकाया लगायत सरोकारवाला निकायको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९