राज शाही शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

करिव २ हप्ता अवरुद भएको 4 G सेवा संचालनमा आएको छ । संचालनमा आउनेमा कर्णाली प्रदेशको हुम्ला जिल्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं ६,१,२ र ३ छ्यांगी गाउँको तिखा भन्ने ठाउँको रहेको छ । उक्त ठाउँमा राखीकएको 4 G टावरले हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाको बराई छ्याँगी गिउसी र खार्पुनाथ गाउँपालिका वडा नं १ को लाली गोप्का, देउखुरी, चिसामुल, प्युस वडा नं २ को थाली, ३ को राया लगायतका बस्तीहरुमा सेवा प्रवाह गरी रहेको थियो । उक्त गाउँका स्थानियले 4G मार्फत फेसबुक टिकटक लगायतका संचारको सेवा लिइ रहेका थिए ।

गते बैशाख १ गते राती उक्त सेवा अवरुद्ध हुँदा हुम्लाका २ गाउँपालिकाका सेवाग्राही मर्कामा परेका थिए । उक्त टावर बिग्रेको भन्ने जानकारी नेपाल टेलिकमको कार्यालय सिमकोटमा गुनासो आए पछि तत्काल टेलिकमको कार्यालयबाट प्राविधिक खटी आज बैशाख १२ गते शनिवार विहान ११ बजेबाट संचालनमा आएको कैलास आधारभुत विद्यालय प्युसका शिक्षक जिवन छत्यालले बताएका छन् । उक्त टावर निर्माण भएको स्थलमा पैदल मार्गबाट पुगी चेक जाँच गर्दा एमसिविमा पावरको समस्या आएकाले सो को मर्मत पश्चायत संचालनमा ल्याइएको नेपाल टेलिक सिमकोटका प्राविधिक ओब्जन शाहीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९