राज शाही शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित

सिमकोट गाउँपालिका स्तरीय माध्यामिक तहको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त हाजिरी जवाफ प्रतियोगिता सिमकोट गाउँपालिकाको मानसरोवर नमुना माध्यामिक विद्यालयमा संचालन भएको हो । सिमकोट गाउँपालिका भित्रका ७ वटा माध्यामिक विद्यालयका विद्यार्थीले भाग लिएका थिए ।

गाउँपालिका स्तरीय माध्यामिक विद्यालय स्तरीय हाजीरी जवाफ प्रतियोगितामा भाग लिने विद्यालयहरुमा सैपाल माध्यामिक विद्यालय स्याँडा, कर्णाली माध्यामिक विद्यालय चौगान फया, कैलास माध्यामिक विद्यालय डाँडाफया, मानसरोवरवर नमुना माध्यामिक विद्यालय सिमकोट, बालमन्दिर माध्यामिक विद्यालय सिमकोट, रामदेव माध्यामिक विद्यालय ठेहे र रलिङ माध्यामिक विद्यालय बरगाउँले भाग लिएका थिए । जसमा बालमन्दिर माध्यामिक विद्यालय प्रथम, कर्णालि माध्यामिक विद्यालय द्धितिय, मानसरोवर नमुना माध्यामिक विद्यालय तृतिय र सैपाल हिमाल माध्यामिक विद्यालय सान्त्वना भएको मानसरोवर नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले बताएका छन् ।

सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाको सुनिश्चितता भन्ने मुल नारका साथ लोकतन्त्र दिवसको अवसर पारी संचालन भएको हाजीरी जवाफ प्रतियोगिताको अध्यक्षता सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको  र सिमकोट गाउँपालिकाका प्रवक्ता एव वडा नं ६ का अध्यक्ष नन्दबहादुर रावतको विशेष आतिथ्य रहेको थियो ।

सहभागी विद्यालयका प्रधानाध्यापक लगायत विद्यार्थी अभिभागहरुको उपस्थित रहेको हाजिरीजवाफ प्रतियोगिता भव्य र सव्यरुपमा संचालन भइ पुरुष्कार तथा प्रमाण पत्र समेत वितरण गरिएको मानसरोवर नमुना माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक राजबहादुर शाहीले बताएका छन् । हाजिरी जवाफ प्रतियोगिताको संचालन मानसरोवर नमुना माध्यामिक बिध्यालयका शिक्षक धन बहादुर ऐडीले संचालन गरेको कार्यक्रममा उद्घाटन तथा समापन शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद आचार्यले गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९