राज शाही मंगलबार, बैशाख ०८, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुलाई उपभोक्ता हित सम्बन्धि सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाको आयोजनामा मानसरोवर नमुना माध्यामिक विद्यालय सिमकोटमा कक्षा ११ र १२ मा अध्ययनरत करिव ७० जना बालबालिकालाई उपभोक्ता हित सम्बन्धि सचेताना गराइएको हो ।

 

उक्त सचेतना कार्यक्रमको प्रशिक्षकका रुपमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख अर्जुनराज जोसी र सोहीका कार्यालयका नायव सुब्बा दयाराम पुन रहेका थिए । उपभोक्ताको अधिकार, संरक्षण, दायित्वको पृष्ट भुमी, बजार व्यवस्थापनको आवश्यकता, औचित्य, उद्देश्य तथा महत्व, उपभोक्ता संरक्षणका लागी मौजुदा कानूनी ऐन २०७५ र निमावलि २०७६ र उपभोक्ताको हक सम्बन्धि जानकारी सोही कार्यालयका नायब सुब्बा दयाराम पुनले प्रशिक्षण गराएका थिए ।

उपभोक्ता हित विपरिका कार्य भएमा उजुरी कहाँ गर्ने र कसरी दिने, आवश्यक कागजात र प्रक्रिया, बजार व्यवस्थापन र उपभोक्ता संरक्षण गर्न अबलम्बन गर्नु पर्ने उपायहरु, निरीक्षण अधिकृतको काम, कर्तव्य र अधिकार, उपभोक्ताको अधिकार सुनिश्चित र बजार व्यवस्थापनको सन्दर्भमा देखा परेका समस्या चुनौती तथा सोको समाधानका आगामी रणनितीका बारेमा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले प्रशिक्षण गराएका थिए ।

बजारमा देखिने ठगि स्वरुप,उपभोक्ताको अधिकार र दायित्वको आधारभुत पक्षहरु र यससँग सम्बन्धि सरोकारवाल निकायहरु, उपभोक्ता अधिकार दायित्व र संरक्षणको वर्तमान अवस्था, उत्पादन मिति र समाप्त मिति जाँच गर्ने तरिका र खाद्य तथा उपभोग्य बस्तु खरिद गर्दा अपनाउनु पर्ने सावधानिका बारेमा उद्योग प्रमुख अर्जुनराज जोसीले प्रशिक्षण गराएका थिए ।

उद्योग प्रमुख जोसीको अध्यक्षता, सहायक प्रमुख जिल्ला अधिकारी चन्दको प्रमुख आतिथ्य र मानसरोवर नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीको विशेष आतिथ्यमा मंगलबार विहान ११ वजे मानसरोवर नमुना माध्यामिक विद्यालयमा संचालन भएको थियो ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९