राज शाही आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित

featured photo: Mansarowar Times

स्थानिय तहमा दस्तावेजीकरण तथा पीडितका केसहरुको व्यवस्थापन सम्बन्धिको २ दिने अभिमुखि करण तालिम संचालन भएको छ । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा संचालन भएको तालिममा सिमकोट गाउँपालिका वडा नं ३ का महिला समुह र युवा समुहको सहभागिता रहेको थियो ।

राष्ट्रिय आदिवासी जनजाती महिला मन्चको आयोजनामा संचालित हाम्रो साहस परियोजनाको सहकार्यमा हुम्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । बैशाख ५ गतेबाट सुरु भइ ६ गते सम्पन्न भएको उक्त तालिममा छुवाछुत, जातीय भेदभाव, हिंसाका स्वरुपहरु, लैंगिकतामा आधारित हिंसा लगायतका कानूनी र संवैधानिक व्यवस्थाका विषय बस्तु माथि उपस्थितलाई अभिमुखी करण गरिएको सोही परियोजना सदस्य छपाल लामाले बताएकी छन् ।

कार्यक्रमको मुख्य उद्देश्य सहभागीहरुलाई लैंङगिक आधारित हिंसा तथा जातिय भेदभाव र छुवाछुतको परिभाषा बताउनु, सहभागिहरुलाई लैंङगिक आधारित हिंसा तथा जातिय भेदभाव र छुवाछुतका घटनाको दस्तावेजीकरण र व्यवस्थापन गर्न आवश्यक सीप प्रर्दान गर्नु, पीडितहरुलाई प्रभाकारी रुपमा सहयोग पुर्याउन स्थानिय प्रतिक्रिया प्रणालीलाई सुदृढ बनाउनु र पीडित केन्द्रित दृष्टिकोणका उत्कृष्ट अभ्यासहरुको सिकाइ आदान प्रदानलाई सहजीकरण गर्नु रहेको लामाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
स्थानिय तहमा दस्तावेजीकरण तथा पीडितका केसहरुको व्यवस्थापन
हुम्लाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला र ट्याक्सुट
सुक्रबारिय कार्यक्रम अन्तरगत हाजिरी जवाफ प्रतियोगिता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९