हिमाली जिल्ला हुम्लाका ४ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला र ट्याक्सुट वितरण गरिएको छ । वितरण साइलेन्ट सफ्टी स्पिकको आर्थिक सहयोग, सर्केगाड गाउँपालिकाको समन्वय र महिला कल्याण सेवा हुम्लाको समन्वयमा उक्त सामाग्री विद्यर्थीलाई वितरण गरिएको महिला कल्याणका कर्मचारी टाक्या जिक्मेत लामाले बताका छन् ।
उक्त सामाग्री सर्केगाड गाउँपालिका वडा नं ४ मा स्थापित बालप्रेमी आधारभुत विद्यालय डाँडासाया, दुल्ली आधारभुत विद्यालय दुल्ली, महादेव आधारभुत विद्यालय मुण्डी र सोही गाउँपालिका वडा नं २ मा स्थापित डाँडादेव आधारभुत विद्यालय गुसा उनापानी रहेका छन् ।
सर्केगाड गाउँपालिका वडा नं ४ मा स्थापित ३ वटा र वडा नं २ को एक विद्यालय गरी ४ वटा विद्यालयका १ सय ६५ जना छात्र छात्राहरुलाई विद्यालय प्रयोजनका लागी प्रति विद्यार्थी एक एक झोला र एक एक सेट ट्याक्सुट बैशाख २ र ३ गते वितरण गरिएको लामाले बताएका छन् । यसले गर्दा दुर्गमका विद्यार्थीहरुलाई विद्यालय जान सहयोग पुग्ने हेतुले उक्त सामाग्री वितरण गरीएको जानकारी प्राप्त भएको छ ।