नेत्र ज्योती संघ हुम्लाले सम्मान कार्यक्रम संचालन गरेको छ । शुख्खा मौसमले दिन प्रतिदिन बढ्दै गएको धुलो धुवाँका कारण हुम्ला जिल्लामा आँखाका बिरामी बढ्दै गएपछि नेत्र ज्योती संघ हुम्लाले आफ्नै पक्की भवन निर्माण गरी सोही भवनबाट सेवा दिने गरेको छ । आर्थिक वर्ष ०८१।८२ मा निर्माण कार्य सम्पन्न गरेको उक्त भवनमा एक जना कर्मचारीलाई क्वाटरको व्यवस्था गरी दिन रात सेवा दिन थालेको छ ।
कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीको पहलमा भवन निर्माण गर्दा अपुग रकमको व्यवस्था गरी भवन निर्माण कार्य सम्पन भएको र नेत्र ज्योती संघको कार्यालय हुम्ला जिल्लामा स्थापना गर्न सफल भएको, उक्त भवन निर्माणमा नेपाली काँग्रेसका कर्णाली प्रदेश सांसदीय दलका नेता जिवनबहादुर शाहीको उल्लेखनी भुमिका रहेको कुरालाई स्मरण गरी नेत्र ज्योती संघले सुक्रबार नवनिर्मित भवनमा एक कार्यक्रमको आयोजना गरी उक्त संघको आजिवन सदस्यता प्रर्दान गर्दै सम्मान पत्र र टसिखादा नेत्र ज्योती संघको लोगो लगाइ सम्मान पुर्व मुख्य मन्त्री शाहीलाई सम्मान गरेको हो ।

म तँपाइकै भाई छोरो हो, तँपाइको माया ममताले मलाई यो सम्मान गर्नु भयो त्यसका लागी धन्यवाद दिन चाहान्छु, यो सम्मानले मलाइ नेपाल नेत्र ज्योती संघ हुम्ला प्रति थप जिम्मेवार बनाएको महसुस गरेको छ, नेत्र ज्योती संघको उद्देश्य भनेको नेपालबाट अन्धो पन कसरी हटाउन सकिन्छ भन्ने ध्ययका साथ स्थापना भएको हो, हुम्ला जिल्लामा नेत्र ज्योती संघ स्थापना गर्ने व्यक्ति समुह संस्थालाई धन्यवाद दिन चाहान्छु, अव भवन बनेर मात्र भएन भवन भित्र चाइने आवश्यक सामाग्री, कर्मचारी व्यवस्थापनको अतिनै आवश्यक भएकोले सोको व्यवस्थापनका लागी पहल गर्ने समेत पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले बताएका छन् ।

राजनीतिक दल, पत्रकार, स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायको उपस्थित रहेको उक्त सम्मान कार्यक्रममा कर्णाली प्रदेश उर्जा तथा जलश्रोत मन्त्री बीजया बुढाले नेत्र ज्योती संघ नितान्त सामाजिक सेवा भावले स्थापित संस्था भएकाले यहाँ आउने जो कोही आँखाका विरामीहरुलाई रात दिन नभनी सेवा प्रवाह गर्ने आशा राखेकी छु , सेवा प्रवाह गर्दा चाहिने आवश्य सामाग्री नभएको आफुलाई जानकारी पाए त्यसको परिपुर्तिका लागी सम्वन्धित निकायमा पहल गर्ने समेत मन्त्री बोहोराले बताएकी छन् । आफु पनि पहिला सोही संस्थामा काम गरेकाले यसको स्तर उन्नतीका लागी लागी पर्ने पनि मन्त्री बोहोराले बताएकी छन् ।