राज शाही शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

आगोको लप्काले जलेर सक्त घाइते भएका २ जना युवा उपचार पछि घर फर्केका छन् । लाश जलाउने क्रममा गत अषाढ ८ गते हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ का २ जना युवा सक्त घाइते भएका थिय ।

घाइते हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को बाम्टाका १७ बर्षका युवा धर्म सुनार र बसन्त सुनार रहेका थिए  । लास जलाउने क्रममा मट्टीतेल सहितको आगोको लप्काले अनुहार जलाएर गम्भीर घाईते  भएका दुवै युवा आज १२ दिनको उपचार पछि घर फर्केको खार्पुनाथ सामुदायीक अस्पतालका अहेव जैमलबहादुर शाहीले बताएका छन् ।

लाश जलाउने तयारी गरि रहेको बेला आगो बाल्नका लागि दाउरामा मट्टीतेल खन्याउने क्रममा एक्कासी आगोको लप्काले धर्म सुनारको अनुहार र बसन्त सुनारको छातीमा भेटाएको आफ्न्त कृष्ण सुनारले बताएका थिए । दुर्बै जनालाई आगोले छोएपछि अरु मलामी गएर  अनुहार तथा शरिरमा लागेको आगो निभाउने प्रयास गरेका थिए ।  उनीहरुको अबस्था निक्कै गम्भीर रहेको थियो ।

दुबै जनाको खार्पुनाथ गाउँपालिका केन्द्र सामुदायीक अस्पतालमा निशुल्क रुपमा उपचार गरिएको स्वास्थ्य शाखा अहेव शाहीले बताएका छन्  । अबस्था जटिल भएको भएपनि गाउँपालिका कै अस्पतालमा उपचार भै १२ दिन पछि सुक्रबार घर पठाइएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९