राज शाही शुक्रबार, आषाढ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

आगोको लप्काले जलेर सक्त घाइते भएका २ जना युवा उपचार पछि घर फर्केका छन् । लाश जलाउने क्रममा गत अषाढ ८ गते हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका वडा नं ५ का २ जना युवा सक्त घाइते भएका थिय ।

घाइते हुनेमा हुम्ला जिल्ला खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को बाम्टाका १७ बर्षका युवा धर्म सुनार र बसन्त सुनार रहेका थिए  । लास जलाउने क्रममा मट्टीतेल सहितको आगोको लप्काले अनुहार जलाएर गम्भीर घाईते  भएका दुवै युवा आज १२ दिनको उपचार पछि घर फर्केको खार्पुनाथ सामुदायीक अस्पतालका अहेव जैमलबहादुर शाहीले बताएका छन् ।

लाश जलाउने तयारी गरि रहेको बेला आगो बाल्नका लागि दाउरामा मट्टीतेल खन्याउने क्रममा एक्कासी आगोको लप्काले धर्म सुनारको अनुहार र बसन्त सुनारको छातीमा भेटाएको आफ्न्त कृष्ण सुनारले बताएका थिए । दुर्बै जनालाई आगोले छोएपछि अरु मलामी गएर  अनुहार तथा शरिरमा लागेको आगो निभाउने प्रयास गरेका थिए ।  उनीहरुको अबस्था निक्कै गम्भीर रहेको थियो ।

दुबै जनाको खार्पुनाथ गाउँपालिका केन्द्र सामुदायीक अस्पतालमा निशुल्क रुपमा उपचार गरिएको स्वास्थ्य शाखा अहेव शाहीले बताएका छन्  । अबस्था जटिल भएको भएपनि गाउँपालिका कै अस्पतालमा उपचार भै १२ दिन पछि सुक्रबार घर पठाइएको हो ।

 

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९