राज शाही बुधबार, फाल्गुण १३, २०८२ मा प्रकाशित

 

फागुन २१ — रुख चिन्हमा छाप लगाऔँ,१२ गते खार्पुनाथ जाऔँ — परिवर्तनको आवाज बुलन्द गरौँ ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा नेपाली कांग्रेस गाउँपालिका कार्य समिति खार्पुनाथका सभापति टक्क बहादुर शाहीको अध्यक्षता तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको प्रमुख आतिथ्यमा जनसभा संचालन भएको थियो  ।

कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष उम्मेदवार जयपति रोकाया, कर्णाली प्रदेश सदस्य पदमबहादुर लामा, कर्णबहादुर रावल, रम्भा शाही, कांग्रेस हुम्ला सभापति मोहनबिक्रम सिंह, उपसभापति बसन्त रोकाया, कोषाध्यक्ष बबिता शाही लगायत जिल्लाका शीर्ष नेताहरूले हुम्लाको विकास, सुशासन र समृद्धिको मार्गचित्र प्रस्तुत गरेका थिए। कार्यक्रममा राष्ट्रिय कलाकारहरू आसा शाही, भानुभक्त जैशी, आरती बुढा, हिरकला बिसी तथा युवराज भण्डारीको विशेष सांगीतिक प्रस्तुतिले सभालाई थप उत्साहपूर्ण बनाएको कार्यक्रम सञ्चालक चन्द्र रावलले जानकारी दिएका छन।

यस ऐतिहासिक अवसरमा खार्पुनाथ गाउँपालिकाका पाँचवटै वडाका नागरिक लोकतन्त्र, विकास र समुन्नत हुम्लाको उज्यालो भविष्यका लागि अभियानमा सहभागी भएको बताइएको छ। नेतृत्वले नवप्रवेशीहरूलाई सम्बोधन गर्दै नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य, विधिको शासन, नागरिक अधिकार र समावेशी विकासप्रति प्रतिबद्ध रहेको उल्लेख गरेका छन । स्थानीय स्तरमा विकास, सुशासन, शिक्षा, स्वास्थ्य तथा रोजगारीका अवसर सिर्जना गर्न सबै एकताबद्ध भएर अघि बढ्न आग्रह गरिएको थियो।

नेपाली कांग्रेस खार्पुनाथ गाउँपालिकाद्वारा आयोजित चुनावी जनसभामा उल्लेखनीय राजनीतिक गतिविधि देखिएको छ। जनसभाको अवसर पारेर खार्पुनाथ गाउँपालिकाका २० घरधुरीका करिब ५५ जनाले विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका छन्। गाउँपालिकाको केन्द्र याङचु बजारमा आयोजित सभामा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा पार्टीका जिल्ला तथा स्थानीय तहका नेताहरूले नवप्रवेशीलाई टीका, माला तथा खादा लगाएर स्वागत गरेका थिए। “

पार्टी प्रवेश गर्नेहरूका तर्फबाट बोल्दै प्रतिनिधिहरूले कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक संस्कारप्रति विश्वास राख्दै पार्टीमा आवद्ध भएको बताएका छन्। स्थानीय विकास, स्थायित्व र जनताको आवाज संस्थागत गर्ने उद्देश्यले आफूहरू कांग्रेसमा आएको उनीहरूको भनाइ थियो। वक्ताहरूले आगामी निर्वाचनलाई लोकतन्त्र सुदृढ गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै मतदातालाई स्वतन्त्र र निष्पक्ष रूपमा मतदान गर्न अपिल गरेका थिए। कार्यक्रम शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९