राज शाही सोमबार, फाल्गुण ११, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

मुख्य निर्वाचन अधिकृतको कार्यालय हुम्लाले कर्मचारी खटन पठनको कार्य पुरा गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी उक्त कार्य गरेको सोही कार्यालयका प्रवक्ता श्रीदिप वाग्लले बताएका छन् ।

यसपालीको निर्वाचनमा उक्त कार्यालयले जम्मा ३ सय ६९ जना कर्मचारीलाई मतदान स्थल तथा मतदान केन्द्रमा खटाएको छ । जसमा मतदान अधिकृत ६४, सहायक मतदान अधिकृत ६४, सहायक कर्मचारी १ सय ७७ जना  र सहयोगी कर्मचारी ६४ जना गरी जम्मा ३ सय ६९ जना खटाइएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताएका छन् । जसमा जिल्लाका ६४ वटा मतदान केन्द्र मध्य ३९ वटा मतदान केन्द्रमा ३ जना सहायक कर्मचारीका दरले १ सय ४७ जना र १५ मतदान केन्द्रमा २ जना सहायक कर्मचारीका दरले  ३० जना कर्मचारी खटाइएको प्रवक्ता वाग्लले बताएका छन् ।

यसअघि आयोगले गरेको परिपत्र अनुसार मतदानका लागि खटिने कर्मचारी सङ्ख्या समेत घटेको छ । यसअघि ५ सय २५ जना कर्मचारी निर्वाचन कार्यका लागि खटाउने भनिएकोमा आयोगको पछिल्लो परिपत्र अनुसार तीन सय भन्दा कम मतदाता भएको मतदान केन्द्रमा एक जना सहायक कर्मचारी खटाउने भन्ने भए बमोजिम कर्मचारीको संख्या घटेको हो ।

सम्बन्धित

ताजा अपडेट
कर्णाली प्रदेशको हुम्ला जिल्लामा योगा गरी आरोग्य दिवस
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीले जिल्ला सभामा 4D लाई आफ्नो अवधाराणाका रुपमा अगाडी सारे
खार्पुनाथ गाउँपालिका वडा नं ५ का ४२ सय भेडा बाख्रालाई आइभरमेक्टनि

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९