राज शाही मंगलबार, फाल्गुण ०५, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्ला सदरमुकाम सिमकोटमा जिल्ला आचार संहिता अनुगमन समितिको बैठक बसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको अनुगमन समितिको बैठकको अध्यक्षता मुख्य निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालतका न्यायाधीश निलकण्ठ बरालको रहेको थियो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, गुल्मपति हरिबाबु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, अनुसन्धान अधिकृत मेघराज कंडेल, पत्रकार महासंघका अध्यक्ष राजन रावत, निर्वाचन अधिकारी भिमबहादुर रोकाया लगायत हुम्ला जिल्लामा स्थापित राजनैतिक दलका प्रमुख एवम प्रतिनिधि संचार कर्मीको उपस्थित रहेको बैठकमा सहायक निर्वाचन अधिकृत एव हुम्ला जिल्ला अदालतका श्रेस्तेदार श्रीदीव वाग्लले निर्वाचन आचार संहिता २०८२ का बारेमा उपस्थितलाइ जानकारी गराएका थिए ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य २०८२लाई स्वच्छ, निष्पक्ष, शान्तिपुर्ण र मर्यादित रुपमा सम्मपन्न  गराउन सम्पुर्ण राजनितिक दल, उम्मेदवार तथा   निजका प्रतिनिधिहरु एव संचार माध्यमद्धारा निर्वाचन आचार संहित २०८२ लाई अक्षरशः पालाना गर्ने साथै सवारी साधनको अनुमति सम्बन्धि कार्यविधि २०८२ अनुसार मात्र सवारी साधनको  प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो । निर्वाचन आचारसंहितालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने आचारसंहिता अनुगमन कार्यलाई निरन्तरता अगाडी बढाउने निर्णय भएको सहायक निर्वाचन अधिकृत श्रीदिप वाग्लले  बताएका छन् ।

वारेस मतदान भन्ने कार्य आफुले नसुनेको, वारेस भन्ने कुरा देवानी मुद्दामा आफु उपस्थित हुन नसक्ने व्यक्तिले दिने विषय हो, निर्वाचन कार्यविधिले  द्धष्टि विहिन जस्ता असक्त व्यक्ति लगायत जस्ले मतपत्रमा आफ्नो मत संकेत आफुले गर्न सक्नु हुन्न त्यस्ता विशेष प्रकृतिका व्यक्तिहरुका लागी उनीहरुले पत्यायका एका घरका मानिसलाई आफ्नो अधिकार निश्चित समयका लागी प्रत्यायोजन गरेका व्यक्तिलाई मत संकेत गर्न दिएको अधिकार भएको, आफुले मतदान गर्ने कुरा छोडेर वारेस मार्फत मतदान गर्ने भन्ने कुरा विधि, प्रक्रिया भन्दा बाहिरको कुरा भएको मुख्य निर्वाचन अधिकृत निलकण्ठ वरालले बताएका छन् ।

नाम्खा गाउँपालिका वडा नं ६ लीमी जाने मुख्य नाका न्यालु लेखको बाटो कुनै हालतमा खुल्न सक्ने अवस्था नभएको, यसको विकल्पमा मौसय सफा रहे सोही गाउँपालिका वडा नं ५ यारीको सडक खुलाउन सकेमा नेपाल र चिनको सिमाना हिल्सा नाका हुँदै लीमी जानको लागी सहज हुने, यसका लागी सम्बन्धित कार्यालय, निकाय, आयोग सँग कुरा भइ रहेको र त्यसै गरी सोही गाउँपालिका वडा नं ४ को चाला गाउँमा जानका लागी पनि न्यालु खेल जस्तै समस्या भए पनि त्यहाँ दुरी कम भएको र पैदल जानु पर्ने भएकाले जाँदा बढी समय लाग्ने र आउदा ओरालो सँगै भिरालो बाटो भएकाले अलि सजक भएर हिडेमा कम समयमा नाम्खा गाउँपालिका केन्द्र याल्वाङ आइ पुग्न सकिने प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले  बताएका छन् ।

निर्वाचन आयोगले कुनै पनी उम्मेदवारहरूबाट आर्थिकको चलखेल धेरै हुन सक्ने र त्यसको नियन्त्रण एक मात्रै माध्यम बैँक खाता खोलेर सञ्चालन गर्ने भएपछि उम्मेदवारहरूले खाता सञ्चालन गर्नु पर्ने भएको कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाका प्रमुख अंगबहादुर कार्कीले बताएका थिए । प्रमुख कार्कीका अनुसार यो प्रक्रिया पहिलो पटक भएकाले हालसम्म चारवटा पार्टीका उम्मेदवारहरूले खाता सञ्चालन गर्नुका साथै बाँकी तीनवटा पार्टीका उम्मेदवारहरूले बैँक खाता खोल्ने प्रक्रियामा रहेको बताइएको छन ।

सम्बन्धित

ताजा अपडेट
आफुले मतदान गर्ने कुरा छोडेर वारेस मार्फत मतदान गर्नु विधि प्रक्रिया बाहिरः मुख्य निर्वाचन अधिकृत बराल
हिल्दुम विद्युत वितरण केन्द्रद्धारा खोल्सीमा विद्युत प्रसारण
सदरमुकाम केन्द्रित अनुगमन, ग्रामिण स्तरमा पनि

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९