राज शाही मंगलबार, माघ १४, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

जिल्ला प्रशासन कार्यालय हुम्लाले अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल गरेको छ ।  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा समितिको निर्णय अनुसार हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले हुम्लाले आग्रह गरेको हो ।

व्यक्तिगत सुरक्षाका नाममा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सम्पूर्ण हातहतियार तथा खरखजाना सूचना प्रकाशन भएको मितिले ९ दिन अर्थात माघ २१ गते   भित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन ताकेता गरेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले  बताएका छन्।

जिल्ला प्रशासन कार्यालय हुम्लाले मंगलबार सूचना प्रकाशन गरेर उक्त हात हतियार, गोली गठ्ठा र खरखजना बुझाउन ताकेता गरेको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताएका छन् । तोकिएको समयभित्र बुझाइएका हातहतियारहरू निर्वाचन सम्पन्न भएपछि सम्बन्धित हतियार धनीलाई नै फिर्ता गरिनेछ । तर तोकिएको समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको आदेश अटेर गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रशासनको चेतावनी रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९