राज शाही बुधबार, माघ ०८, २०८२ मा प्रकाशित

नेपाली कांग्रेस हुम्लाका प्रतिनिधि सभा सदस्य उम्मेदवार जयपति रोकायाले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले आफू पवित्र भावका साथ स्वच्छ प्रतिस्पर्धामा होमिने बताएका छन्। मंगलबार आफै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेदवारी दर्ता गराएका रोकाया बुधबार नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता, शुभेच्छुक, भातृ तथा भेगेनी संस्थाका पदाधिकारीहरु सँग भेट घाट र आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको रणनिती, कार्यदिशा लगायतका विषयमा छलफल, बहस सँगै राय, सल्लाह, शुझाव संकलन गरेका छन ।

‘म पवित्र भावका साथ हुम्लाका जनताको सेवा गर्न आएको छु। मेरो मन कञ्चन छ। म खुल्ला किताब जस्तै छु। हामीले चुनावी प्रतिस्पर्धा गर्दा अरु उम्मेदवारहरूलाई विभिन्न आरोप प्रत्यारोप गर्नु हुँदैन। कसैलाई गाली गर्नु हुँदैन। आफ्ना एजेण्डा सहित जनतामा जानुपर्छ। यो हाम्रो लोकतान्त्रिक संस्कार पनि हो। म जनताको घरदैलोमा आफ्ना योजना र विचार बोकेर पुग्ने कुरा उक्त कार्यक्रममा बताएका थिए ।

परम्परागत गाली गलौजको शैलीलाई परिवर्तन गर्ने र जनताको विश्वास जित्ने आफ्नो लक्ष्य रहेको रोकायाले प्रस्ट पारेका छन ।

सम्बन्धित

ताजा अपडेट
दुर्गमको चाला गाउँमा पहिलो पटक नेपाल टेलिकमको टु जी सेवा
भोटेकोसीमा वेपत्ता भएका ४ जना हुम्लीको पुत्ला बनाइ अन्तिम दाहसंस्कार
कर्णाली करिडोरको सिमकोट–हिल्सा खण्डको सडक अवरूद्ध

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९