राज शाही बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ ।

जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको कार्यालय बाहेकको समयमा आ आफ्नो खेतबारीमा व्यवसायीक रुपमा वन्दा, काउली, प्याज, आलु र फर्सी लगाएका तरकारी खेती गर्न थालेएका छन् ।

यस्तै सिमकोट गाउँ पालिका वडा नं ५ तल्लो गाउँका प्यारीलाल रावतले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरि रहेका छन् । उनको तरकारी बारीमा हाल व्याज काउली बन्दा टमर फल्ने तरखरमा रहेका छन् ।

जिल्ला वाहिरबाट महंगो ढुवानी तिरी जिल्ला भित्रीएको वासि तरकारी किनेर खानु भन्दा आफ्नै गाउँ ठाउँको अर्गानिक तरकारी सेवन गर्नु उचित हने रावतले बताएका छन् । रावत गाउँ पालिकाका कर्मचारी पनि हुन । दिन भरि कार्यालयको काम गरेर बचेको विहान वेलुकाको समयमा तरकारी खेती गर्ने गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रावत सहित अन्य १० ।१२ जनाले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । यसले थोरै भए पनि जिल्ला सदरमुकाम सिमकोटमा तरकारीमा आत्म निर्भर हुन्छ की भन्ने स्थानियमा आशा पलाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९