राज शाही बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हुम्लामा व्यवसायीक तरकारी खेती गर्नेको संख्यामा वृद्धि भएको छ । जिल्लामा लगाइने रैथाने वालीबाट ३ महिना पनि खाना नपुग्ने भए पछि जिल्लामा तरकारी खेती व्यवसायीक रुपमा गर्न थालिएको छ ।

जिल्लामा घर पाएक नौकरी भएका कर्मचारीले पनि विहान वेलुकाको कार्यालय बाहेकको समयमा आ आफ्नो खेतबारीमा व्यवसायीक रुपमा वन्दा, काउली, प्याज, आलु र फर्सी लगाएका तरकारी खेती गर्न थालेएका छन् ।

यस्तै सिमकोट गाउँ पालिका वडा नं ५ तल्लो गाउँका प्यारीलाल रावतले एक रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरि रहेका छन् । उनको तरकारी बारीमा हाल व्याज काउली बन्दा टमर फल्ने तरखरमा रहेका छन् ।

जिल्ला वाहिरबाट महंगो ढुवानी तिरी जिल्ला भित्रीएको वासि तरकारी किनेर खानु भन्दा आफ्नै गाउँ ठाउँको अर्गानिक तरकारी सेवन गर्नु उचित हने रावतले बताएका छन् । रावत गाउँ पालिकाका कर्मचारी पनि हुन । दिन भरि कार्यालयको काम गरेर बचेको विहान वेलुकाको समयमा तरकारी खेती गर्ने गरेका छन् ।

जिल्ला सदरमुकाम सिमकोटमा रावत सहित अन्य १० ।१२ जनाले जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । यसले थोरै भए पनि जिल्ला सदरमुकाम सिमकोटमा तरकारीमा आत्म निर्भर हुन्छ की भन्ने स्थानियमा आशा पलाएको छ ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९