राज शाही मंगलबार, पौष २२, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा विद्युत लोड सेटिङ हुँदा एस इइ दिने विद्यार्थी मर्कामा परेका छन् । वर्ष भरी विद्यालयमा कडा मिहिनेत गरी पढेका विद्यार्थी एस इइ नजिकिदै गर्दा विद्युत लोड सेटिङ हुँदा पठन पाठन कार्य प्रभावित भएको विद्यार्थीले बताएका छन् । विहान ६ वजे गएको विद्युत एकै पटक दिउसो १२ वजे आउने त्यसपछि पुनः २ वजे गए पछि एकै पटक राती ९ वजे आउने गरेकाले पठन पाठन कार्य प्रभावित भएको एक जना परिक्षार्थीले बताएका छन् । यसले गर्दा खाना पकाउन पठन पाठन गर्न समेत समस्या भएको ति विद्यार्थीले बताएका छन् ।

लोक सेवा तयारी कक्षा लिइ रहेका विद्यार्थीलाई समेत समस्या भएको छ । विहान र वेलुका लोक सेवा तयारी कक्षा संचालन हुने गरेको र उक्त कक्षा लिइ आउनजेल विद्युत अवरुद्ध हुने गरेको एक जना तयारी कक्षाका विद्यार्थीले जानकारी गराएका छन् । ग्याँस किनेर खाना पकाए पनि राती पठन पाठन गर्न समस्या भएको बताएका छन् । आमा बुबाले कडा मिनेत गरी लोक सेवा तयारी कक्षाका लागी सदरमुकाम सिमकोट पठाए पनि विद्युत सेवा प्रभावकारी नहुँदा पठन पाठन कार्य प्रभावित भएको ति तयारी कक्षाका विद्यार्थीले बताएका छन् ।

हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा करिव १४ घण्टा लोट सेटिङ हुने गरेको छ ।  उक्त लोटसेटिङ हुँदा सरकारी तथा गैर सरकारी कार्यालयका काम कार्य सँगै विद्युत बाट संचालन हुने सम्पुर्ण काम कार्यहरु ठप्प हुने गरेका छन् । हिल्दुम खोलाबाट उत्पादन हुने विद्युत खोलामा बहने पानीको बहावमा कमी सँगै खोलामै बरफ जम्दा यो समस्या आएको जानकारी प्राप्त भएको छ । हिल्दुम विद्युत वितरण केन्द्रबाट जति उत्पादन हुनु पर्ने पावर हो सो उत्पादन नहुँदा विद्युतका सेवाग्राही लोट सेटिङको मारमा परेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेत्र ज्योती संघ हुम्लाद्धारा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई सम्मान
चालु आर्थिक वर्षको ७ महिनामा १ लाख ६८ हजार राजश्व असुली
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा अनुगमन तथा निरिक्षण

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९