राज शाही शनिबार, आषाढ १३, २०७७ मा प्रकाशित

हुम्ला
चौरी पालनको बढी संभाबना भएको हिमाली जिल्ला हुम्लामा चालु आर्थिक वर्षका लागि स्थापना हुनु पर्ने चौरी श्रोत केन्द्र स्थापना नहुने भएको छ । बन्दाबन्दीले चौरी खरिद गरेर ल्याउन नसकिने अबस्था देखिए पछि सो शिर्षकको बजेट फ्रिज जाने भएपछि श्रोत केन्द्र स्थापना नहुने भएको हो ।
एक सय वटा चौरी सहितको श्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम भएपनि बन्दाबन्दीले गर्दा बजेट फ्रिज जाने भएपछि स्थापना गर्न नसकिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्रका प्रमुख ज्ञोनेन्द्र बहादुर बुढथापाले बताएका छन् ।
श्रोत केन्द्रका लागि क्षेत्र छनौट, प्रस्ताबना माग गरि सर्ट लिस्टबाट तीन वटा प्रास्तावना समेत छनौट भएको बेला कोरोना कहरले बन्दाबन्दी सुरु हुदा चौरी खरिद गरि ल्याउनु पर्ने चीनमा जान नसकिने हुदा बजेट फिर्ता गर्नु परेको उनले बताएका छन ।
यसका लागि एक करोड बजेट बिनियोजित गरिएको र त्यसबाट एक सय चौरी र श्रोत केन्द्र भवन निर्माण गर्नु पर्ने थियो । तर निक्कै राम्रो कार्यक्रम बन्दाबन्दीले गर्दा गर्न नसकिएको उनले बताए । हुम्लामा पाईने चौरी खरिद गरेर श्रोत केन्द्र स्थापना गर्नका लागि पहल गरिएको भएपनि मन्त्रालयले नमानेको हो । उत्तरी हुम्लाका लागि निक्कै उपयोगी कार्यक्रम सञ्चालन हुन नसकेर बजेट फिर्ता जाने भएपछि किसानहरु निरास भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९