राज शाही शुक्रबार, मंसिर १३, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिका हुम्लाको आर्थिक वर्ष०८१।०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको प्रमुख आतिथ्य संगै जिल्ला समन्वय समितिका सदस्य एव कार्यवाहक प्रमुख सरिता रावत, उपाध्यक्ष शुसिला रोकाया, प्रहरी प्रमुख डिएपी संकर पोखरेल लगायत राजनैतिक दलका प्रमुख एव प्रतिनिधिहरुको विशेष आतिथ्यमा उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।

सिमकोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक नर बहादुर भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा   सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्मका वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार, नागरिक समाज, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि संगै सुरक्षाकर्मीको उपस्थित रहेको कार्यक्रममा सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बर्षबहादुर फडेराले आर्थिक वर्ष ०८१।०८२ मा सिमकोट गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पशु, कृषि लगायतका क्षेत्रमा गरिएका कार्य सम्पदानहरु माथिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सुशासन व्यवस्था र सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ मा सार्वजनिक सुनुवाइ कार्यविधि अनुसार प्रत्येक चार/चार महिनामा कम्तीमा एकपटक सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान रहेकाले सोही अनुसार सार्वजनिक सुनुवाइ गर्नु पर्नेमा  प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जोड दिएका थिए ।

 

पारदर्शिता र सुशासन कायम गर्न सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था सरकारले गरेकाले सोही अनुसार सिमकोट गाउँपालिकाले आफुले गरेका काम कार्यहरुको ४।४ महिनामा सार्वजनिक सुनुवाइ गर्नु पर्ने बोल्ने बक्ताहरुले आफ्नो भनाइमा राखेका थिए ।

समग्रहमा हेर्दा सिमकोट गाउँपालिकाको आर्थिक वर्ष ०८१।०८२ मा गरेका कार्यसम्पदान प्रति उपस्थित व्यक्तित्वहरुले टिका टिपोणी गरेका थिएनन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९