राज शाही मंगलबार, मंसिर १०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामाऔधोगिक क्षेत्रको विकास प्रवर्धन सँगै बजारीकरणका लागी ११ औ उद्योग दिवश मनाइएको छ । जिल्लाका उद्योग व्यवसायी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एव प्रतिनिधि सुरक्षाकर्मीको सहभागितामा मनाइएको दिवसले सिमकोट गाउँपालिकाको लोकतान्त्रि चोक देखि काठेचुली सम्म बजार र्याली निकाली मानसरोवर होटलमा कोण सभामा परिणत भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले उद्योगहरु स्थापनाका लागि औद्योगिक वातावरण निर्माण गरिने, औद्योगिक शान्ति सुरक्षाको व्यवस्था मिलाइने, उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गरिने  बताएका थिए।

उद्योग सम्बन्धी के के समस्याहरु छन्, ती समस्याहरुलाई छलफल बहसका माध्यमबाट समाधान गर्न सकिने,उद्यम सिलता विकासका लागी के के गर्न सकिन्छ भन्ने उदेश्यका साथ यो दिवस मनाउदै आएको र उधमलाई संचालनका लागी सुरुवात कर्जाहरुको पनि व्यवस्था भएको, जस अन्तरगत कर्जा व्यवस्था, प्रविधि हस्तान्त्रण लगायको व्यवस्था भएको, नेपालका ३ तहका सरकार संगै निजी क्षेत्रको समन्वय सहकार्यबाट नै औधोगि क्षेत्रको विकास गर्न सकिने  हुम्ला उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अर्जुनराज जोसीले  बताएका छन् ।

 

हुम्लामा सडक विद्युत लगायत कच्चा पर्दाथको अभावले औधोगिक क्षेत्रको दिगोपना दिन गाह्रो भएको र यहाँका सरकारी तथा गैर सरकारी कार्यालयले जुन जे ठाउँमा लगानी गरेको छ त्यसलाई बढवा दिनका लागी नियमित अनुगमन मुल्याङकन हुनु आवश्यक रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताएका थिए ।

औधोगी क्षेत्रको विकास प्रत्यक्ष राजनितिक क्षेत्र सँग जोडिएकाले जिल्लामा स्थापित राजनैतिक दलले हुम्लामा औधोगि क्षेत्रको प्रवधनका लागी पहल कदमी चाल्नु आजको आवश्यकता रहेको र सोही अनुसार सबै राजनैतिक दल लाग्नु पर्ने सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेकपा एमालेका जिल्ला अध्यक्ष ज्ञानी बुमीले  बताएका छन् ।

देशको आर्थिक अवस्था सुधारका लागी औधोगी क्षेत्रमा लगानी बढाउनु पर्ने, औधोगिक क्षेत्रमा विना धितो विना सर्त राज्यले ऋण कर्जाको व्यवस्था गर्नु पर्ने, औधोगिक क्षेत्रलाई बढवा दिनका लागी ठुलो पुजीको आवश्यकता भएकाले सोही अनुसार लगानी बढाउनु पर्ने उद्योग बाँणिज्य संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताएका थिए । उक्त दिवस मंगलबार विहान ९ बजे मानसरोवर होटलमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९