राज शाही बिहिबार, आषाढ ११, २०७७ मा प्रकाशित

हुम्ला

फोटो सहितको मतदाता नामवली संकलन कार्य सुरु गरिएको छ । उक्त कार्य गत फागुन १९ गतेबाट अनिश्चित कालका लागी वन्द गरिएको थियो । यस अघि मतदाता नामवली संकलन कार्य जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा नियमित हुदै आएको थियो ।

यसै बिचमा कोरोना कोभिण्ड १९ को प्रकोप विश्वव्यापीरुपमा फैलिए पछि देश नै वन्दा वन्दी हुन गई मतदाता नामवली संकलन संगै अध्यावधिक गर्ने कार्य रोकिएको थियो । देशमा बन्दा वन्दी आंम्शिक रुपमा खुला भए पछिको अवस्थालाई मध्यनजर गरि निर्वाचन आयोगबाट जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामवली दर्ता गर्न परिपत्र भए संगै जिल्ला निर्वाचन कार्यालय हुम्लामा फोटो सहितको मतदाता नामवली संकलन गर्न थालिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

मतदाता संकलन कार्य गर्दा कम्तिमा २ मिटरको सामाजिक तथा भौतिक दुरी कायम गर्ने, मतदाता संकलनका लागी निर्वाचन कार्यालयमा जाँदा अनिवार्य माक्स लगाएर जाने, यस अघि जिल्ला प्रशासन कार्यालयबाट संचालन हुदै आएको फोटो सहितको मतदाता नामवली अव जिल्ला निर्वाचन कार्यालयमा मात्र गर्ने, नामावली दर्ता गर्न जानु अघि सुझाव सल्ला फोनमा लिएर मात्र जाने गरी फोटो सहितको मतदाता नामवलि संकलन गर्न सुरु गरिएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका सुचना अधिकारी जगदिश शाहीले बताएका छन ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९