राज शाही बुधबार, कार्तिक २०, २०८२ मा प्रकाशित

featured photo: Mansarowar Times

कर्णाली प्रदेशको हुम्ला जिल्लाको शिक्षामा सुधारका लागी विभिन्न निकायबाट सहयोग प्राप्त हुने कार्य भइ रहेको छ । नेपाल सरकारले कक्षा १ देखि १२ कक्षा सम्म निशुल्क शिक्षा दिने निति लिए बमोजिम अहिले सरकारी विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीलाई भर्ना शुल्क, पाठ्य पुस्तक शुल्क देखि लिएर परिक्षा शुल्क पनि निशुल्क गरिएको छ ।  हुम्ला जिल्लाका कुनै पनि सकारी विद्यालयहरुले यि शुल्क लिने गरेका छैनन् ।

हुम्ला जिल्लामा स्थापित गैरसरकारी संस्थाले विद्यार्थीका लागी कापी कलम देखि लिएर स्कुल ड्रेस सँगै स्कुल झोला समेत आफ्ना स्पोन्सर बालबालिकालाई निशुल्क दिने गरेका छन् ।यसै बीच गुड नेवर्स इन्टरनेस्लको आर्थिक सहयोग र किर्डाक नेपालको सहकार्य सँगै एकिकृत समुदाय परियोजना अन्तरगत खार्पुनाथ गाउँपालिका वडा नं ४ र ५ का यस अघिका स्पोन्सर बालबालिका र अहिलेका नयाँ बालबालिकाहरुलाई प्रति बालबालिका कक्षा अनुसार कापी कलम पेन्सिल  झोला विद्यालय ड्रेस वितरण गरेको किर्डाक नेपालका खार्पुनाथ गाउँपालिकाका लागी सामाजिक परिचालक ज्ञानबहादुर हमालले बताएका छन् ।

कार्तिक १८ र १९ गते एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको सामाजिक परिचालक हमालले बताएका छन् ।नयाँ ६३ र पुरना १ सय ३४ गरी जम्मा १ सय ९७ जना बालबालीकाहरुलाई सो सामाग्री वितरण गरिएको हो । सोही सामाग्री खार्पुनाथ गाउँपालिका वडा नं १ देखि ३ सम्म कार्तिक २० गतेबाट वितरण कार्य सुरु गर्ने हमालले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९