नेपाल जातिय मुक्ति समाजको सातौ अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसन हुम्ला जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताएका छन् । सर्केगाड गाउँपालिकाको सर्केगाड वजारमा रहेको हिर शाहीको सभाह हलमा उपस्थित नेपाल जातिय मुक्ति समाजका नेता कार्यकर्ता पदाधिकारीहरुको वृहत भेलाले उक्त अधिवेसन सम्पन्न गरेको उपाध्यक्ष शाहीले बताएका छन् ।
अधिवेसनको अध्यक्षता लालधन टमट्टाको र प्रमुख आतिथ्य प्रदेश कमिटि सदस्दय धन्दे परियारको रहेको थियो । जसमा पार्टीको प्रदेश कमिटि सदस्य जसु परियार पार्टी जिल्ला कमिटी उपाध्यक्ष प्रकास बहादुर शाही, सचिव तिर्थराज बोहरा र दलित अगुवा प्रवत सुनार लगायतका नेता तथा कार्यकर्ताको उपस्थित रहेको थियो ।
उक्त अधिवेसनले लालधन टमट्टाको अध्यक्षतामा ३१ सदसिय जिल्ला कमिटी चयन गरेको छ । जसमा अध्यक्ष लालधन टमट्टा,उपाध्यक्ष मालक्ष्मि परियार र वाचकन्या परियार, सचिव उब्जन विक, उपसचिव आइतराम विक र सुनमति दमाइ, कोषाध्यक्ष कमनी कटुवाल सहित ३१ सदसिय जिल्ला कमिटी सुक्रबार आज गठन गरिएको उपाध्यक्ष शाहीले बताएका छन् ।