राज शाही आइतबार, कार्तिक १८, २०८१ मा प्रकाशित

featured photo: Mansarowar Times

सडकमा सुख्खा पहिरो जाँदा सवारी साधनलाई आवत जावत कार्य वन्द भएको जानकारी प्राप्त भएको छ ।कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नं ७ को चारटाँके देखि धारापोरी सम्मको सडकमा सुख्खा पहिरो जाँदा सवारी साधनलाई आवत जावतमा वन्द भएको खार्पुनाथ यातायात प्रणालीका अध्यक्ष सरोज रावतले बताएका छन् ।

आइतवार दिन करिव ५ वजे तिर सिमकोट गाउँपालिका वडा नं ७ को चारटाँके देखि धारापोरी सम्म पहिरो जाँदा सिमकोटबाट लिमी लाप्चा नाम्खा गाउँपालिका केन्द्र याल्बाङ हिल्सा लगाएतका क्षेत्रमा सवारी साधानमा सडक मार्गबाट जान समस्या भएको अध्यक्ष रावतले बताएका छन् ।

अहिले सिमकोटबाट नाम्खा जानका लागी गएका साना तथा ठुला सवारी साधन धारापोरी र नाम्खा गाउँपालिकाबाट आएका सावरी साधन चार टाँकेमा रोकिएको जानकारी प्राप्त भएको छ । करिव १ सय ५० मिटर सडकमा सुख्खा पहिरो गएको रावतले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार
झुठ्ठा मुद्दा खारेजीको माग गर्दै हुम्लामा बिरोध प्रदर्शन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९