राज शाही बिहिबार, आश्विन १७, २०८१ मा प्रकाशित

बिहीबार देखि देश भरका अदालतहरुमा बिदा हुने भए सँगै हुम्ला जिल्ला अदालत पनि वन्द हुने भएको छ । घटस्थापनासँगै बिहीबारदेखि अदालतहरु नियमित नहुने भएको हुन । अघिल्ला वर्षहरुमा जस्तै १५ दिन हुम्ला अदालत पनि वन्द हुने भएको हो । तर यसबीचमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन माथि सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने हुम्ला जिल्ला अदालतका निमित्त श्रेस्तेदार विषन रोकायाले बताएका छन् ।

हुम्ला जिल्ला अदालतले जारी गरेको सूचनामा भनिएको छ वडा दशै, २०८१ को उपलक्ष्यमा २०८१ असोज १७ गते घटस्थापनाका दिनदेखि असोज ३० गते कोजाग्रत पूर्णिमाका दिनसम्म हुम्ला जिल्ला अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, शनिवार र विजया दशमीका दिन बाहेक अन्य दिनमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न विहान ११ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला रहने निमित्त  श्रेस्नेदार रोकायाले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९