राज शाही बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

 हुम्ला

चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार स्वास्थ्य सामाग्री नाम्खा गाउँपालिकालाई उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले चिनीयाँ पक्षले नाम्खा गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका स्वास्थ्य सामाग्री गाउँपालिकाले बुझेको बताएका छन । दुई देश बिचको सिमा क्षेत्र हिल्सामा ती सामान गाउँपालिकाको प्रतिनिधिले बुझेर गाउँपालिका केन्द्रमा ल्याउन तयारी भई रहेको छ ।

हाललाई चिनीयाँ पक्षले उपलब्ध गराएका कोरोना बिरुद्धका सामाग्रीहरुमा मास्क, सेनिटाईटर, ग्लोब, आरडिटी किट, थर्मलगन र औषधी रहेका छन् । सामाग्रीहरु बीस भन्दा  वढी प्याकेट रहेका छन् । यी सामाग्री बुराङ काउण्टीका स्थानीय सरकारका प्रतिनिधि हिल्सामा आएर हस्तान्तरण गरेका हुन ।

अध्यक्ष लामाका अनुसार ती बाहेक अन्य कोरोना संक्रमण बिरुद्धका किटहरु अहिले बुराङ काउण्टीमा नपाएको र त्यसका लागि लास्हामा लेखेर पठाएकोले आउने बित्तिकै नाम्खा गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाएको बताउनुभयो । कोरोना बिरुद्धका किट तथा उपकरणर औषधी चिनीयाँ पक्षबाट सहयोग पाएपछि कोरोन संक्रमण बिरुद्ध लड्न नाम्खा गाउँपालिकालाई सहज भएको छ । सिमा जोडिएको नाम्खा गाउँपालिकालाई चिनीया पक्षले अन्य सहयोग पनि उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९