राज शाही बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

 हुम्ला

चीन बुराङ काउण्टीको स्थानीय सरकारले नेपालको नाम्खा गाउँपालिकालाई कोरोना संक्रमण बिरुद्ध प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । केही समय अगाडी हिल्सामा दुई देशका स्थानीय प्रतिनिधि बिच भएको अनौपचारिक छलफलमा ती सामाग्री सहयोग गर्ने चिनीयाँ पक्षको प्रतिबद्धता अनुसार स्वास्थ्य सामाग्री नाम्खा गाउँपालिकालाई उपलब्ध गराएको हो ।

गाउँपालिका अध्यक्ष बिष्णु बहादुर लामाले चिनीयाँ पक्षले नाम्खा गाउँपालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएका स्वास्थ्य सामाग्री गाउँपालिकाले बुझेको बताएका छन । दुई देश बिचको सिमा क्षेत्र हिल्सामा ती सामान गाउँपालिकाको प्रतिनिधिले बुझेर गाउँपालिका केन्द्रमा ल्याउन तयारी भई रहेको छ ।

हाललाई चिनीयाँ पक्षले उपलब्ध गराएका कोरोना बिरुद्धका सामाग्रीहरुमा मास्क, सेनिटाईटर, ग्लोब, आरडिटी किट, थर्मलगन र औषधी रहेका छन् । सामाग्रीहरु बीस भन्दा  वढी प्याकेट रहेका छन् । यी सामाग्री बुराङ काउण्टीका स्थानीय सरकारका प्रतिनिधि हिल्सामा आएर हस्तान्तरण गरेका हुन ।

अध्यक्ष लामाका अनुसार ती बाहेक अन्य कोरोना संक्रमण बिरुद्धका किटहरु अहिले बुराङ काउण्टीमा नपाएको र त्यसका लागि लास्हामा लेखेर पठाएकोले आउने बित्तिकै नाम्खा गाउँपालिकालाई हस्तान्तरण गर्ने जनाएको बताउनुभयो । कोरोना बिरुद्धका किट तथा उपकरणर औषधी चिनीयाँ पक्षबाट सहयोग पाएपछि कोरोन संक्रमण बिरुद्ध लड्न नाम्खा गाउँपालिकालाई सहज भएको छ । सिमा जोडिएको नाम्खा गाउँपालिकालाई चिनीया पक्षले अन्य सहयोग पनि उपलब्ध गराउदै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९