दाने बोहरा बिहिबार, आषाढ ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

सिमकोट गाउँपालिकाले क्वारेन्टाइन व्यवस्थित बनाउन नसकेको भन्दै आजै क्वारेन्टाइन बसेका नागरीकहरुले विज्ञप्ती जारी रहेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड (१९) बाट नेपालमा पनि दिनप्रति दिन संक्रमित बढ्दै गएका छन् । अध्ययन, रोजगारी तथा औषधि उपचारका लागी जिल्ला बाहिर रहेका सिमकोट गाउँपालिका वडा दुई ठेहेका नागरीक घर पुगे सँगै क्वारेन्टाइन बसेका छन् । जिल्लाबाट घर पुगेर गाउँमा रहेका तीन वटा विद्यालयमा क्वारेन्टाइन बसेका नागरीकहरुले वडा एक र दुई कार्यालय क्वारेन्टाइन स्थल व्यवस्थित बनाउन नसकेको भन्दै आजै विज्ञप्ती जारी गरेको अमिर भण्डारीले जानकारी दिनुभयो । सिमकोट गाउँपालिका वडा एक र दुई ठेहे स्थित तीन वटा क्वारेन्टाइनमा बसीरहेका करीब दुई सय २८ जना विभिन्न समस्याका बावजुत पनि अव्यवस्थित क्वारेन्टाइनमा बसरीरहेको भण्डारीले गुनासो गरेका छन् ।

स्थानीय निकाय, सरोकारवाला पक्ष, अर्थात वडाध्यक्ष समक्ष हाम्रा समस्यालाई बारम्बार धानकषर्ण गराउँदा पनि हास सम्म कुनै सुनुवाई नभएको हुँदा आज विज्ञप्ती निकालीएको उनले बताएका हुन् ।

क्वारेन्टाइनमा बसेका नागरीकहरुका मागहरु समयमै व्यवस्थित तथा पुरा नभएमा थप विरोधका कार्याक्रमहरु सार्वजनजिक गर्ने आजको विज्ञप्तीमा भनिएको छ । वडा एक र दुईका क्वारेन्टाइनमा बसेका नागरीकहरुले रामदेभ प्रावि क्वारेन्टाइनमा खानेपानी, शौचालय तथा अन्य फोहोर मैला व्यवस्थापन नभएको, हेल्थ डेस्कको अभाव सुरक्षाको व्यवस्था नभएको, मास्क, सावुन, सेनिटाइजर वडा कार्यालयले नदिएको आजको विज्ञप्तीमा भनिएको छ । वडाध्यक्ष गाउँमा नहुँदा वडा सदस्य गोरासिंह बोहरालाई आफुहरुका माग सम्बोधन गर्नका लागी ज्ञापपन पत्र बुझाएको हुन । क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै क्वारेन्टाइन बसेका दुई सय २८ जनाले भोलि सिमकोट गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा पनि विज्ञप्ती पत्र बुझाउने भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९