दोभान समाचरादाता मंगलबार, आषाढ ०२, २०७७ मा प्रकाशित

जिल्लामा उद्धार गरि ल्याएका ब्यक्तिहरु आरडिटी परिक्षण नगरि पिआिर परिक्षणको ब्यबस्था गर्न माग गर्दै हुम्ला काँग्रेस स्थानीय प्रशासन मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरेको छ । काँग्रेस पार्टीको केन्द्रीय नीति अनुसार जिल्ला सदरमुकाममा ज्ञापन पत्र पेश गरेको हो ।

काँग्रेस काबा सभापति कैलाश भण्डारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र दिएको हो ।

केन्द्रीय तथा प्रदेश सरकारले स्वाब संकलनका लागि भिटिएम किट दिन नसकेकोमा आपत्ती जनाउदै काँग्रेसले आफ्नो ज्ञापन पत्रमा सबै तिरबाट बिस्वास गुमाएको आरडिटी किटले कोरोना संक्रमणको परिक्षण नागरिक स्वास्थ्य सुरक्षा माथि खेलवाड गरेको आरोप लगाएको छ ।

यसका लागि जिल्लामा भित्रिने सबै नागरिकलाई पिसिआर परिक्षणको माग काँग्रेसले गरेको छ । त्यसै गरि कोरोना कोरोना संक्रमण बिरद्ध अग्रपंङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई स्वास्थ्य सामाग्रीको ब्यबस्था हुन नसकेकोमा दुख ब्यक्त गरेको छ ।

यस्तो दुखको घडीमा पनि कर्णाली प्रदेश सरकार आफ्ना कार्यकर्ताको भरणपोषणमा लागेको आरोप लगाएको छ । २४ बुँदै ज्ञापन पत्रमा हुम्ला काँग्रेसले नेपाल सरकारले कोरोना संक्रमण बिरुद्ध उचित कदम चाल्न नसकेको कारण देशमा दैनिक कोरोना संक्रमणको संख्या बढेको आरोप लगाउदै प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पेश गरेको हो । काँग्रेसको ज्ञापन पत्र बुझ्दै प्रजिअ गिरीले माथिल्लो निकायमा ज्ञापन पत्र अगाडी बढाउने बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका विकास आयोजनाको अनुगमन तथा निरिक्षण
रा. स्व. पा. द्धारा जनताका कुरा हामी सुन्छौ कार्यक्रम संचालन
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९