राज शाही शनिबार, आश्विन २७, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा विकासले फड्को मार्न थालेको छ । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा यस अघि हिड्ने बाटोका लागी पनि झै झगडा हुने सिमकोटमा अहिले वजार क्षेत्रमा ७ मिटर चौडा बाटो ढलान भएका छन् । मुख्य बाटोहरु काठे चुली, धुपीरुख, काठेचुली मुग्राधारा, सम्मको बजार ढलान भएका छन् भने काठेचुली शिवमन्दिर सम्म पनि ७ मिटर कच्चीबाटो ढुङ्गा सोलिङ समेत भएको छ ।

काली चोक देखि माथिल्लो गाउँ लादेबाडा सम्मको सडकलाई चौडा सँगै ढलानका लागी सिमकोट गाउँपालीकाले सार्वजनिक जग्गा खोजी र नक्साङकन गर्ने कार्य सुरु गरेको छ । सिमकोट गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत शुवास आले आए संगै यो आर्थिक वर्षमा सिमकोट गाउँपालिका भित्रका सार्वजनिक जग्गाको खोजी, नक्साङकन र जग्गा वर्गीकरणको कामलाइ पहिलो प्राथामिकतामा राखेको पाइएको छ । सिमकोट वजारलाई व्यवस्थित गर्नका लागी मुख्य सडक र सायक सडकलाइ छुट्याइ त्यसलाई ढलान गर्ने कार्यलाई प्राथामिकता दिइने प्रमुख प्रशासकिय अधिकृत आलेले  बताएका छन् ।

आफुलाई कुनै लोप लालच नभएको र हुम्लामा बस्दा रहँदा केही उदारणीय काम गर्न पाएको भए आफुलाई सन्तुष्टि मिल्ने बताएका छन् । सिमकोट गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा सपथ लिए सँगै गाउँ पालिकाका कर्मचारी, अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्य सबैको साथ सहयोग पाएकोले सिमकोट विकासका लागी आफु उत्साहित भएको बताएका छन् ।

आफ्नो घर आगनमा सावारी साधन पुग्दा घर जग्गाको मुल्याङकन राम्रो आउने, अति आवश्यक परेका वेला घरकै मुल ढोकाबाट सवारी साधन प्रयोग गर्न सकिन्छ भने एक हात एक मिटर बाटोका लागी जग्गा दान गर्दा केही फरक नपर्ने प्रमुख प्रशासकिय अधिकृत आलेले बताएका छन् । शनिबार सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, उपाध्यक्ष शुसिला रोकाया, प्रमुख प्रशासकिय अधिकृत शुवास आले, नापीका कर्मचारी, सुरक्षाकर्मी लगाएत सरोकारवालाले काली चोक देखि माथिल्लो गाउँ लादेबाड बीचमा रहेको सार्वजनिक जग्गाको खोजी र नक्साङकन गर्ने कार्यको सुरुवात गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला स्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बैशाख २२ गतेबाट
कक्षा १२ को २ परिक्षा केन्द्रमा ४ जना परिक्षार्थी अनुउपस्थि
करिव २ हप्ता अवरुद भएको 4 G सेवा मर्मत पछि संचालनमा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९