राज शाही सोमबार, आश्विन २२, २०८० मा प्रकाशित

हुम्ला जिल्लाको मध्य भेगमा रहेको इलाका प्रशासान कार्यालय सर्केगाडले प्रसासक पाएको छ । चालु आर्थिकको ३ महिना सम्म उक्त प्रशासनमा को प्रशासक हुने भन्ने दुविदामा रहेको कार्यालयले आजबाट प्रशासक पाएको हो । यस अघि जिल्ला समन्वय समितिका समन्वय अधिकारी भिमबहादुर रोकायालाई उक्त प्रशासनमा हेर्ने गरी कागज खटाउदै आएको थियो । चालु आर्थिक वर्षका ३ महिनाको बीचमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीलाई खटाइ कामकागज समेत गरिएको थियो ।

गृह मन्त्रालयले आज असोज २२ गते सोमबार भिमबहादुर रोकायालाई आर्थिक अधिकार सहित कार्यालय प्रमुख  हाजिर नहुँदा सम्मका लागी तोकि पठाएको छ । विगत ३ महिना देखि रोकिएका नागरिकता पास पोर्ट लगाएतका प्रशानिक काम अवबाट नियमित हुने भएको रोकायाले बताएका छन् । यस अघि को प्रशासक भएर जाने भन्ने निर्कियोल नहुँदा दुविदा हुँदा हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं क का चार वटा गाउँपालिकाका जनता नागरिकता लगाएतका काम कार्य इलाका प्रशासन कार्यलयबाट हुन नसकेको भन्दै संचारका माध्यममा गुनासो गर्दै आएका थिए ।

सोमबार गृह मन्त्रालयले प्रष्ट आर्थिक अधिकार सहित प्रशासक भिमबहादुर रोकायलाई तोके पछि काम कार्य गर्न सहज भएको रोकायाले बताएका हुन । उक्त इलाका प्रशासन कार्यालयबाट हुम्ला जिल्लाका ताँजाकोट अदानचुली चंखेली र सर्केगाड गाउँपालिकाका स्थानियवासीले सेवा पाउने छन् । ति गाउँपालिकाका नागरिकले नागरिकता बनाउनकै लागी ४ दिन हिडेर सिमकोट पुग्नु पर्ने वाध्यताको अन्त्य भएको छ । यस अघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजलाई इलाका प्रशासन कार्यालयको प्रशासक तोकेको थियो ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९