राज शाही सोमबार, आश्विन २२, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लाको मध्य भेगमा रहेको इलाका प्रशासान कार्यालय सर्केगाडले प्रसासक पाएको छ । चालु आर्थिकको ३ महिना सम्म उक्त प्रशासनमा को प्रशासक हुने भन्ने दुविदामा रहेको कार्यालयले आजबाट प्रशासक पाएको हो । यस अघि जिल्ला समन्वय समितिका समन्वय अधिकारी भिमबहादुर रोकायालाई उक्त प्रशासनमा हेर्ने गरी कागज खटाउदै आएको थियो । चालु आर्थिक वर्षका ३ महिनाको बीचमा सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीलाई खटाइ कामकागज समेत गरिएको थियो ।

गृह मन्त्रालयले आज असोज २२ गते सोमबार भिमबहादुर रोकायालाई आर्थिक अधिकार सहित कार्यालय प्रमुख  हाजिर नहुँदा सम्मका लागी तोकि पठाएको छ । विगत ३ महिना देखि रोकिएका नागरिकता पास पोर्ट लगाएतका प्रशानिक काम अवबाट नियमित हुने भएको रोकायाले बताएका छन् । यस अघि को प्रशासक भएर जाने भन्ने निर्कियोल नहुँदा दुविदा हुँदा हुम्ला जिल्ला निर्वाचन क्षेत्र नं क का चार वटा गाउँपालिकाका जनता नागरिकता लगाएतका काम कार्य इलाका प्रशासन कार्यलयबाट हुन नसकेको भन्दै संचारका माध्यममा गुनासो गर्दै आएका थिए ।

सोमबार गृह मन्त्रालयले प्रष्ट आर्थिक अधिकार सहित प्रशासक भिमबहादुर रोकायलाई तोके पछि काम कार्य गर्न सहज भएको रोकायाले बताएका हुन । उक्त इलाका प्रशासन कार्यालयबाट हुम्ला जिल्लाका ताँजाकोट अदानचुली चंखेली र सर्केगाड गाउँपालिकाका स्थानियवासीले सेवा पाउने छन् । ति गाउँपालिकाका नागरिकले नागरिकता बनाउनकै लागी ४ दिन हिडेर सिमकोट पुग्नु पर्ने वाध्यताको अन्त्य भएको छ । यस अघि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजलाई इलाका प्रशासन कार्यालयको प्रशासक तोकेको थियो ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९