राज शाही बुधबार, भाद्र १३, २०८० मा प्रकाशित

हिमाली जिल्ला हुम्लामा साउने पुर्णीको अवसरमा एकादसी देखि पन्चमी सम्म लाग्ने मेलामा अवान्चित क्रियाकलाप तथा घटना हुन नदिनकालागी सादापोषाकका सुरक्षाकर्मी व्यापक परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक (डिएसपी) भिमलाल भटराइका अनुसार हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको सिमकोटलाई प्रथामिकतामा राखी उक्त मेलालाई सान्तीपुर्ण ढंगले संचालनका लागी जिल्ला प्रहरी कार्यालय हुम्लाले ससत्र प्रहरी, राष्ट्रिय अनुसन्धान, स्वयम सेवक र नेपाल प्रहरीका सादापोशाक सहितको टोली व्यापक परिचालन गरेको बताएका छन ।विशेष सुरक्षा योजना बनाइ संक्युक्त सुरक्षाकर्मीको सादापोशाकको टोली खटाइएको हो ।

जिल्ला सदरमुकाम सिमकोटको मेला लाग्ने बजार क्षेत्र, होटल, सार्वजनिक स्थान, सदरमुकाम सिमकोट आवत जावत गर्ने नाका सहित विभिन्न भित्री घेरा र बाहिरी घेरामा समेत संयुक्त टोली सिफ्ट सिफ्ट तथा गाडी सहित नेपाल प्रहरी खटिएको डिएसपी भटराइले बताएका छन् ।

हुम्ला जिल्लाका साउने पुर्णिमा मेला लाग्ने गाउँ वस्तीहरुमा पनि साउने पुर्णीमा मेलालाई झै झगडा रहित बनाउनका लागी मातहतका नेपाल प्रहरीलाई खटाइएको र काँही कतै अप्रिय, अवान्चित गतिविधि भएको पाइएमा तत्काल जिल्ला प्रहरी कार्यालय हुम्लामा जानकारी गराउन समेत निर्देशन दिइएको प्रहरी नायव उपरिक्षक भटराइले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९