राज शाही आइतबार, भाद्र १०, २०८० मा प्रकाशित

बन्चरो प्रहार अभियोगमा जिल्ला प्रहरी कार्यालयल हुम्लाले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ६ निवासी वर्ष ४० का बाँचे वुढा रहेका छन् । वुढालाई पक्राउ गरी थप अनुसन्धानका लागी हुम्ला जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पीडितकी श्रीमती  सोबन्धरा वुढाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बाँचे वुढा भएको ज्यान मार्ने उद्योग मुद्दाको अभियोग पीडक बुढालाइ लगाइएको छ ।

पीडित हुम्ला जिल्ला चंखेली गाउँपालिका वडा नं ६ निवासी वर्ष ४० का कर बहादुर वुढा आफ्नै घरमा सुति रहेको अवस्थामा पीडक बाँचबहादुर वुढाले धारीलो हतियार बन्चरोले प्रहार गर्दा पीडितको दायाँ वाँया कानको माथिपट्टीको भागमा गहिरो घाउ चोट लागेको र निजको उपचार हुन नसकेपछि बाजुराको कोल्टी हुँदै काठमाण्डौ आइतबार लगियको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

पीडित बुढाकी श्रीमतीले पीडकलाई पक्राउ गरी कानूनी उपचारका लागी भाद्र ६ गते मेल्छाम प्रहरी चौकीमा निवेदन दिएकी थिइन । पीडक बाँचबहादुर वुढालाई हिरासदमा राखी थप अनुसन्धान गर्नका लागी ७ दिनको म्याद थप गरीएको हुम्ला जिल्ला अदालतका कम्युटर अप्रेटर हिर रोकायाले बताएका छन् ।

ज्यान मार्ने उद्योग गरेमा हुने सजाय

मुलुकी अपराध संहिता २०७४ को दफा  १८३ उपदफा १ मा  कसैले कसैको ज्यान मार्ने नियतले त्यसको उद्योग गर्नु हुँदैन भनिएको छ । त्यस्तो कसूर गर्ने वा गराउने व्यक्तीलाई दश वर्ष सम्म कैद र एक लाख रुपैया सम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ को दफा १८३ को उपदफा २ मा व्यवस्था रहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९