राज शाही सोमबार, भाद्र ०४, २०८० मा प्रकाशित

 

मुलुकको आर्थिक विकासको लागि आवश्यक राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालन बढाउन हुम्ला जिल्लामा उत्पादन भएका वा पैठारी हुने वस्तु वा प्रदान गरिने सेवामा अन्तःशुल्क लगाउने र असुल उपर गर्ने सम्बन्धमा हुम्ला जिल्लाको जिल्ला प्रशासन कार्यालयमा बैठक वसेको छ ।

कोष तथा लेखा नियन्तण कार्यालय हुम्लाको आयोजनामा संचालन भएको बैठकमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको अध्यक्षतामा संचालन भएको बैठकमा जिल्लामा स्थापित पत्रकार, नागरीक समाज, उद्योग व्यवासायी,पर्यटन व्यवसायी,होटल व्यवसायी, यातयात व्यवसायी लगाएत सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहेको थियो ।

बैठकमा कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख निराजन उपाध्यायले अन्त सुल्क सम्बन्धी कानूनी व्यवस्था, अवैधरुपमा उत्तरी नाकाबाट पैठारी हुन सक्ने मदिरा नियन्त्रण सम्बन्धी, इजाजत पत्र विना अन्त शुल्क लाग्ने बस्तु तथा सेवा उत्पादन पैठारी विक्रि वितरण गर्न नपाउने सम्बन्धमा सचेतना र बजार अनुगमन लगाएतका विषयमा  जानकारी गराएका थिए ।

हुम्ला जिल्लामा उत्तरी नाकाबाट अवैध रुपमा मदिरा चोरी निकासी भई जिल्ला सदरमुकाम, अन्य स्थानिय तह र छिमेकी जिल्लामा समेत पैठारी हुन सक्ने देखियको हुँदा त्यसको नियन्त्रण गर्नका लागी जिल्ला प्रहरी कार्यालय हुम्ला तथा सशस्त्र प्रहरी बल नेपाल ४४ गुल्म हुम्लालाई अनुरोध गर्ने साथै नाम्खा गाउँपालिकालाई बजार अनुगमन नियमनका लागि अनुरोध गर्ने जस्ता निर्णय भएको प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताएका छन् ।

हुम्ला जिल्लाका स्थानिय वजारमा इजाजत पत्र दर्ता र नविकरण विना हुन सक्ने अन्तशुल्क लाग्ने बस्तु तथा सेवाको उत्पादन पैठारी र बिक्रि वितरणलाई नियमन गरी कानूनी दायरामा  ल्याउन सम्बन्धित सम्पुर्ण सरकारी र गैर सरकारी निकायबाट संयुक्त रुपमा बजार अनुगमन गर्ने र अनुगमनका क्रममा  अवैध रुपमा भित्रियका मदिरा तथा सुर्तिजन्य सामाग्री जफत गरी कानून बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।

चाइनिज मधिरा आयत हुने मुख्य नाका हिल्सा, लिमी लाप्चा , चुवाखोला, टाँके लगायतका नाकाहरुमा सुरक्षालाई कडाइ गरिने, अवैधरुपमा आयत गर्ने व्यक्ती तथा सामानर भारवहनका साधनलाई पनि नियन्तणमा लिई कानून बमोजिम प्रक्रिया अगाडी बढाउने निर्णय समेत गरेको छ । बैठक सोमबार दिन ११ वजे जिल्ला प्रशासन कार्यालयमा वसेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९