नन्द सिंह शनिबार, जेठ ३१, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला,
हुम्ला जोड्ने लिंक रोड निर्माणको जिम्मा लिएको बेलायतको अन्तर्राष्ट्रिय विकास नियोग डिएफआईडीले ट्रयाक खोल्ने कार्य सकेपछि हुम्ली नागरिकलाई सहज हुने भएको छ । ग्रामिण पहुँच कार्यक्रम अन्तर्गत तीन चरणमा डिएफआईडीले मुगु–हुम्ला जोड्ने लिंक रोडको निर्माणको जिम्मा लिएको थियो ।
६७ किलोमिटर लामो यो सडक खण्डको मुगुको रारा–छायानाथ नगरपालिकादेखि हुम्लाको चंखेली गाउँपालिका देउली जोड्ने लिंक रोडको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । दुई जिल्ला जोड्ने लिंक रोड निर्माण पश्चात ग्रामीण भेगका नागरिकहरुलाई आवत–जावत गर्न सहज हुने भएको छ ।
सन २०१८ मा सुरु गरिएको लिंक रोड निर्माण कार्य दुई वर्षभित्रै ट्रयाक खोल्ने कार्य सम्पन्न भएको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्णुराम विष्टले जानकारी दिए । आयोजनाका फिल्ड व्यवस्थापक विष्टले भने, दुई वर्षको अन्तरालमा ६७ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न भएको छ । आगामी दशैँ भित्रै लिंक रोड निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड–१९ संक्रमणले केही ढिलो हुने भयो ।
सल्लीसल्लादेखि चंखेली गाउँपालिकाको देउलीसम्म मुगु–हुम्ला लिंक रोडको ट्रयाक खोल्नु भन्दा पहिला १४।६ किलोमिटर सडक निर्माण भईसकेको र अब ६७ किलोमिटर मुगु–हुम्ला जोडने ट्रयाक खोल्ने काम सकिएको आयोजना फिल्ड व्यवस्थापक विष्टको भनाई छ । ट्रयाक खोल्ने कार्यमा ११ वटा स्काभेटर परिचालित गरिए पनि सडकको फिनिसिङ्गको काम भने मिश्रित प्रणालीबाट भएको छ ।
सडक निर्माणमा सहभागि ६४ समुह मध्ये ५४ समुह मुगु र १० समुह हुम्लामा परिचालित भएको विष्टले जानकारी दिए । सडक निर्माण कार्यमा १ हजार २ सय ८० जनशक्ति परिचालित छन ।
मुगु–हुम्ला जोड्ने लिंक रोडको ट्रयाक खोल्ने कार्य सकिएपनि चार ठाउँमा पुल निर्माण हुन बाँकी रहेको छ । मुगुको लुमखोला, मुगुकै दर्केखोला, हुम्लाकोे लेवराखोला, र लोती नदीमा पुल निर्माण हुन बाँकी रहेको ग्रामिण पहुँच कार्यक्रमका आयोजना फिल्ड व्यवस्थापक विष्टले बताए ।
चार स्थानमा पुल निर्माण भएपछि र सल्लीसल्लामा २० देखि २५ मिटर सडक निर्माण कार्य सकिने बित्तिकै कर्णाली राजमार्गबाट मुगु हुँदै हुम्लाको सर्केगाडसम्म सडक सञ्चालन हुने विष्टले बताए । ट्रयाक खोलिएको सडकको चौडाईं ५ मिटर हुनेछ । मुगु–हुम्ला लिंक रोड निर्माणमा बेलायत सरकारको २ अर्व २४ करोड लागतमा सडक निर्माण हुन लागेको हो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९