राज शाही बुधबार, जेठ २८, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

राज शाही हुम्ला

बुधवार बिहान काठमाडौंबाट सीता एयरमा हुम्ला आएका ७५ जना लिमीका नागरिकहरुले प्रति ब्यक्ति चालीस हजार हवाई भाडा तिर्नु परेको नाम्खा गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर लामाले बताएका छन । सबै यात्रुहरुले काठमाडौं सिमकोट हवाई जहाजमा पन्द्र हजार तथा सिमकोटबाट लिमीसम्म हेलिकोप्टरमा प्रतिब्यक्ति पच्चीस हजार भाडा तिरेको अध्यक्ष लामाले बताएका छन् ।

समय भने १७ देखि २० मिनेट हेलिकोप्टरले लगाउने गर्छ । हेलिकोप्टरमा पाँच जना यात्रुहरु मात्र ओसार्ने गरिन्छ । काठमाडौंमा १५ जना बोक्ने जहाजले एक घण्टा पन्द्र मिनेट समय लगाउने गरेका छन् । काठमाडौंबाट हुम्ला जानु अघि काठमाडौंमा पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएकालाई पठाइएको छ । उनीहरु सबैलाई सिमकोट टेक अप गर्ने बित्तिकै हेलिकोप्टरले लिमी उडान भरेको थियो ।

लिमीका तील हल्जी र जांङ गाउँका सबै जनाका लागि सुनखानीमा पाल टाँलेर क्वारेन्टिन स्थापना गरि बस्ने ब्यबस्था गरिएको अध्यक्ष लामाले बताए । उनीहरु सबैले चौध दिन क्वारेसन्टनमा बस्नु पर्नेछ । त्यसपछि चेकजाँच गरेर रिपोर्टका आधारमा घर फर्काउने ब्यबस्था गरिने नाम्खा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको गाउँ लिमीका बासिन्दा काठमाडौंबाट महंगो हवाई भाडा तिरेर उद्धार गरिएको छ । कोरोना कहरले बन्दाबन्दीका बेला काठमाडौंमा अलपत्र परेका लिमीका नागरिकहरुलाई उद्धार गर्न हवाई सेवाको ब्यबस्था भएपछि महंगो हवाई भाडा तिर्न बाध्य भएका हुन ।

काठमाडौंमा उकुश मुकुश गरि बस्नु भन्दा ऋण सापट गरि महंगो भाडा तिरेर लिमी जानु परेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का पेम्वा तामाङले बताएका छन्। लिमी जाने सबैको सहमतिमा भाडा निर्धारण गरेर गएका हुन । नेपाल भित्रै हवाई भाडा भने महंगो तिर्नु परेको उनले बताए ।  नौ बर्ष माथिका सबै नागरिकहरुलाई पुरा भाडा लिईएको छ भने साना आमासंगै बस्ने बालबालिकाको लागि मात्र इन्फेन्ट लगिएको छ ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९