राज शाही बिहिबार, आषाढ १४, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

सरुवा रोग सम्बन्धी १ दिने गोष्ठी संचालन भएको छ । पशु पन्छिबाट मानिसमा र मानिसबाट पशु पन्छिमा सर्ने सरुवा रोग सम्बन्धी १ दिने गोष्ठि जिल्ला सदरमुकाम सिमकोटमा संचालन भएको हो । सिमकोट गाउँपालिका पशु शाखाको आयोजनामा संचालित गोष्ठीमा सरोकारवाला निकायको उपस्थित रहेको थियो । पशुपंक्षीबाट मानिसमा सर्ने सरुवा रोगलाई जुनोटिक रोग भनिन्छ। यो रोग पशुपंक्षीबाट मानिसमा र मानिसबाट पशुमा सजिलैसँग सर्छ।

 

पशुपंक्षीसँगको लसपस, काँचो दूध, दही, मासु, काँचो तरकारी र हावाको माध्यमबाट जुनोटिक रोग सर्दछ।समुदायमा संक्रमण फैलाउन सक्ने जोखिमका आधारमा प्राथमिकीकरण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १०वटा जुनोटिक रोग सार्वजनिक गर्‍यो। जसमध्ये ईन्फ्लुएन्जालाई सरकारले पहिलो नम्बरमा राखेको छ। प्राथमिकीकरणको सूचीमा रेबिज दोस्रो र कोरोना भाइरसलाई तेस्रो नम्बरमा राखिएको सिमकोट गाउँपालिका नायव पशु स्वास्थ्य प्राविधिक विष्णु वुमिले बताएका छन् ।

सरकारले प्राथमिकीकरण गरेका १० वटा जुनोटिक रोगहमध्ये ईन्फ्लुएन्जा पहिलो नम्बरमा छ। यो श्वास प्रणालीको संक्रामक रोग हो। यसले रुघाखोकीको भाइरस जस्तै फोक्सो, घाँटी तथा नाकको कोषिकालाई प्रभावित गर्छ। रेबिज रोग सरकारले प्राथमिकीकरण गरेको सूचीको दोस्रो नम्बरमा छ। रेबिज रोग शतप्रतिशत रोकथाम गर्न सकिने रोग हो।  यो रोग रेबिज रोग लागेको संक्रमित जनावरले टोक्दा या उनीहरुको र्‍याल चोटपटक वा घाउँमा पर्दा सर्छ। स्याल, कुकुर, बाँदर, बिरालो, चमेरो जस्ता जनावरको टोकाइले गर्दा रेबिज रोग हुन्छ। तर ९९ प्रतिशत रेबिज कुकुरको टोकाइका कारण हुने  सिमकोट गाउँपालिका नायव पशु स्वास्थ्य प्राविधिक घनस्याम रानामगर।गोष्ठी विहिवार विहान ८ वजे हुम्ला जिल्लाको सदरमुकाम सिमकोटको मानसरोवर होटलमा संचालन भएको हो ।

सम्बन्धित

ताजा अपडेट
सर्केगाड अध्यक्ष ठान बहादुर रोकाया पूर्व प्रधानमन्त्री देउवाद्वारा सम्मानित
नेपाली काँग्रेसका पुर्व वडा इकाइ उप सभापतीको निधन
१ करोड १८ लाखमा निर्माण भएको खानेपानीको अनुगमन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९