राज शाही मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

हुम्ला

सिप विकास तालिमको अनुगमन गरिएको छ । सिमकोट गाउँ पालिका भरि संचालन भएका सिप विकास सम्बन्धीका तालिम आज जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको अध्यक्षतामा अनुगमन गरिएको हो ।

मेडपाद्धारा संचालीत लामो तथा छोटो अवधिका तालिमहरुको मंगलबार सर्वपछिय अनुगमन गरिएको छ । सिप विकास तालिमहरुमा  हाते होजारी,  सिस्नु प्रोसोधन पुन ताजकिय र आलु चिप्स वनाउने तालिमहरु रहेका छन् ।

तालिमहरु सिमकोट गाउँ पालिका वडा नं १,२,३ र ४ का लागी संचालन भएको मेडपा कार्यक्रम संयोजक स्याराप लामाले बताएका छन् । तालिमलाई उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण समितिको समन्वय र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधक सहयोगमा सिप विकास तालिम संचालन भई रहेका छन् ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय प्रमुख दानबहादुर रावत, सहायक प्रमुख जिल्ला अधिकारी, सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, उद्योग बाँणिज्य संघका अध्यक्ष, कोष तथा लेखा नियन्त्रणक, लगाएतका कार्यालयका प्रमुख एव प्रतिनिधि र संचार कर्मीको सहभागीता रहेको थियो ।

स्थानिय वेरोजगार युवालाई सिप विकास तालिम दिएर हुम्ला जिल्लामा रोजगारी श्रृजना गरी आत्म निर्भर बनाउने उक्त तालिमको मुख्य उद्देश्य रहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताए ।

सम्बन्धित

ताजा अपडेट
लैङ्गिक हिंसा, जातीय संवेदनशीलता तथा सामाजिक सद्भावसम्बन्धि कार्याशाला गाेष्ठी
विद्यालयमा दिवा खाजा कार्यक्रममा प्राकृतिक खेतीका उत्पादन जोड्न समन्वय
विषादी रहित स्थानीय उत्पादन विद्यालयको दिवा खाजामा प्रयोग

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९