राज शाही मंगलबार, जेठ २७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

सिप विकास तालिमको अनुगमन गरिएको छ । सिमकोट गाउँ पालिका भरि संचालन भएका सिप विकास सम्बन्धीका तालिम आज जिल्ला समन्वय प्रमुख दानबहादुर रावतको अध्यक्षतामा अनुगमन गरिएको हो ।

मेडपाद्धारा संचालीत लामो तथा छोटो अवधिका तालिमहरुको मंगलबार सर्वपछिय अनुगमन गरिएको छ । सिप विकास तालिमहरुमा  हाते होजारी,  सिस्नु प्रोसोधन पुन ताजकिय र आलु चिप्स वनाउने तालिमहरु रहेका छन् ।

तालिमहरु सिमकोट गाउँ पालिका वडा नं १,२,३ र ४ का लागी संचालन भएको मेडपा कार्यक्रम संयोजक स्याराप लामाले बताएका छन् । तालिमलाई उद्योग पर्यटन वन तथा बातावरण मन्त्रालयको आर्थिक सहयोग उद्योग तथा उपभोक्ता हित संरक्षण समितिको समन्वय र स्नोल्याण्ड एकिकृत विकास केन्द्रको प्राविधक सहयोगमा सिप विकास तालिम संचालन भई रहेका छन् ।

अनुगमन कार्यक्रममा जिल्ला समन्वय प्रमुख दानबहादुर रावत, सहायक प्रमुख जिल्ला अधिकारी, सिमकोट गाउँ पालिका अध्यक्ष पदमबहादुर लामा, उद्योग बाँणिज्य संघका अध्यक्ष, कोष तथा लेखा नियन्त्रणक, लगाएतका कार्यालयका प्रमुख एव प्रतिनिधि र संचार कर्मीको सहभागीता रहेको थियो ।

स्थानिय वेरोजगार युवालाई सिप विकास तालिम दिएर हुम्ला जिल्लामा रोजगारी श्रृजना गरी आत्म निर्भर बनाउने उक्त तालिमको मुख्य उद्देश्य रहेको स्नोल्याण्ड एकिकृत विकास केन्द्रका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले बताए ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९