राज शाही बिहिबार, जेठ ०४, २०८० मा प्रकाशित

एक जना ४० वर्षिया युवा कर्णाली नदिमा वेपत्ता भएका छन् । हाम्रा अदानचुली संवाददाता राम वुढाका अनुसार वेपत्ता हुने युवामा अदानचुली गाउँपालिका वडा नं २ निवासी वर्ष ४० का छक्क वुढा रहेका छन् । विहिवार दिउसो नदी नियन्त्रणको जाल हाल्ने क्रममा कर्णाली नदीमा वगेको पत्यक्षदर्सीलाई उद्रित गर्दै वुढाले बताएका हुन ।अदानचुली गाउँपालिका गल्फगाडको रैसडी खोला नदीमा जाली तान्ने क्रममा कर्णाली नदि बिचबाट वेपत्ता भएको जानकारी प्राप्त भएको छ ।

कर्णाली प्रदेश हुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं क को अदानचुली गाउँपालिकाको गल्फागाड रैसडी भन्ने नदीमा विहिवार दिनको २ वजे तिर ती युवा वेपत्ता भएको र अहिले सुरक्षाकर्मी, स्थानियवासी,कामदार सबैले खोजी कार्य गरी रहेको संवददाता वुढाले बताएका छन् ।

निजका १ श्रीमती, २ छोरा र १ छोरीको परिवार रहेको छ । वेपत्ता वेक्ती अहिले सम्म फेला नपरेको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९