राज शाही मंगलबार, जेठ ०२, २०८० मा प्रकाशित

सिमकोट गाउँपालिका न्यायीक समितिमा ३१ थान मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष ०७९।८० मा ३१ वटा मुद्दा दर्ता भएको सिमकोट गाउँपालिका न्यायीक समितिका सहजकर्ता गंगा बोहराले बताएकी छन् । जम्मा दर्ता भएका मुद्दा मध्य १८ वटा मेलमिलापबाट अन्तिम किनारा सिमकोट गाउँपालिका न्यायीक समितिले लगाएको, २ थान मुद्दा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा २ बमोजिम सम्बन्धित निकायमा  पठाइएको सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले बताएकी छन् । बाँकी  ११ थान मुद्दा हाल चालु अवस्थामा रहेको जानकारी प्राप्त भएको छ ।

चालु मुद्दाको लागी वादीले फिराद पत्र दर्ता गरेका र प्रतिवादीको नाउँमा म्याद जारी गरीएको र वादी प्रतिवादी दुवै पक्ष झिकाइ छलफलको प्रक्रियाबाट मेलमिलाप भएमा मेल मिलाप गर्ने नभएमा अन्तिम किनारा लगाउन मिल्ने भए किनारा लगाउने र अन्तिम किनारा लगाउन नमिल्ने भए सम्बन्धित सरोकारवाला निकायमा दर्ताको लागी सिफारिस गरीने उपाध्यक्ष रोकायाले  बताएकी छन् ।

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ बमोजिम आलिधुर, वाँध, पैनी, कुलो वा पानी घाटको बाँटफाँट तथा उपयोग, अर्का बाली नोक्सानी गरेको, चरन, घाँस, दाउरा, ज्याला, मज्दुरी नदिएको, घरपालुवा पशु वस्तु हराएको पाएको,  बार्षिक पच्चीस लाख रुपैंया सम्मको विगो भएको घरबाल र घरबाहल सुविधा लगाएतका फिराद पत्रको अन्तिम किनारा लगाउने अधिकार गाउँपालिका न्यायीक समितिलाइ अधिकार रहेको छ ।

त्यसै गरी स्थानि सरकार संचालन ऐन २०७४ को दफा ४७ को  उपदफा २ बमोजिमका फिराद पत्रहरु मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार रहेको छ । जसमा सरकारी सार्वजनिक वा सामुदायीक बाहेक एकाको हकको जग्गा अर्कोले चापी मिचिवा घुसाइ खाएको, सरकारी सार्वजनिक वा सामुदायीक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको, पती पत्नी बीचको सम्बन्ध बिच्छेद,  गाली वेइज्जती लुटपिट प्रचलित कानून बमोजिम मेलमिलाप हुन सक्ने व्यक्ती वादी भइ दायर हुने देवानी र एक वर्ष सम्म कैद हुन सक्ने फौजदारी विवाद गाउँपालिका न्यायीक समितिले मेलमिलापको माध्यमबाट मात्र विवादको निरुपण गर्ने अधिकार रहेको सोही गाउँपालिका उपाध्यक्ष रोकायाले बताएकी छन् ।

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९