राज शाही शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लालाई पुर्ण खोप घोषणा गरिएको छ । जिल्लाका ७ वटै गाउँपालिका र ४४ वटा वडामा स्वास्थ्य कर्मी सामुदायीक महिला स्वास्थ्य स्वयम सेविका घरमा पुगी १३ प्रकारका रोगविरुद्ध खोप लगाए पछि हिमाली जिल्ला हुम्लालाई पुर्ण खोप घोषणा गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख एव पुर्ण खोप घोषणा समन्वय समितिका सदस्य सचिव प्रेमबहादुर सिहले स्वागत मन्तव्य राखेका थिए ।

कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा भौगोलिक विकटता सँगै स्वास्थ्यमा जनचेतना कमीको बाबाजुत पनि स्वास्थ्यकर्मी घर घरमा पुगी जिरो देखि १५ महिना र १६ देखि २३ महिना सम्मका बालबालिकालाई दुई भागमा विभाजन गरी खोप लगाए नलगाएको बारेमा अध्यन्न गरी खोप नलगाएकालाई लगाइ पुर्ण खोप युक्त जिल्ला घोषण गर्नमा सहयोग पुर्याएकोमा धन्यवाद समेत दिदै र हुम्ला जिल्ला पुर्ण खोप घोषणा भएको प्रमाण पत्र जिल्ला समन्वय समितिका प्रमुख एव जिल्ला पुर्ण खोप व्यवस्थापन समितिका संयोजकलाइ हस्तान्त्रण कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका प्रशासन प्रमुख लक्ष्मी प्रसाद भटराइले  गरेका थिए । सोहि प्रमाण पत्र जिल्ला समन्वय समिति प्रमुख शिवराज सर्माले जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमख शिवराज शर्मालाई हस्तान्त्रण गरेका थिए ।

पुर्ण खोप घोषणा कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका प्रमुख शिवराज सर्माको र प्रमुख आतिथ्य कर्णाली प्रदेशका मुख्य मन्त्री एव नेपाली काँग्रेसका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य जिवनबहादुर शाहीको  र विशेष अतिथिमा कर्णाली प्रदेश संसद विजया बोहरा बुढाको र अतिथिमा चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिह, सिमकोट गाउँपालिका कार्यवाहक अध्यक्ष सुसिला रोकाया, ताँजाको गाउँपालिका उपाध्यक्ष सुरेन्द्र थापा, खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञानबहादुर सिंह, सहाय प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी प्रहरी नायव उपरिस भिमलाल भटराइ, ससत्र प्रहरी डियसपी लगाएतका व्यक्तिहरुको उपस्थित रहेको थियो ।

हुम्ला जिल्लामा भौगोलिक विकटा भए पनि त्यसको प्रवाह नगरी स्वास्थ्यकर्मी जनताको घरदैलोमा पुगी, बालबालिकाले खोप पाए नपाएको अनुगमन गरी  खोप नलगाएकालाई लगाइ, खोप लगाएको लगत संकलन गरी पुर्ण खोप जिल्ला घोषणा गर्नमा सहयोग पुर्याएकोमा स्वास्थ्यकर्मीलाइ धन्यवाद दिदै पुर्ण खोप घोषणा गरेर मात्र नहुने बालबालिकालाई खोप र खोज कार्यक्रलाइ निरन्तरता दिनु पर्ने र हुम्लाका कुनै पनि बालबालिका अकाल मृत्यु हुनबाट बचाउनका लागी स्वास्थ्यकर्मी निरन्तर खटी रहनु पर्नेमा जोड दिदै कर्णाली प्रदेशका पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीले बताएका थिए ।

जिल्लालाई पुर्ण खोप घोषणा गर्नमा सहयोग पुर्याउने हुम्ला जिल्लाका ७ वटै गाउँपालिका जन प्रतिनिधि, स्वास्थ्य कर्मी, सामुदायीक महिला स्वास्थ्य स्वयम सेविकालाई धन्यवाद दिदै, हुम्ला जिल्लाका बालबालिकाले पुर्ण खोप पाए नपाएको निरन्तर अनुगमन हुनु पर्ने र पुर्ण खोप जिल्ला घोषणका लागी सहयोग पुर्याउने शिक्षक, विद्यार्थी, सरकारी गैर सरकारी कार्यालका कर्मचारी सामुदायीक तथा निजि विद्यालयलाई धन्यवाद पुर्ण खोप समन्वय समितिका संयोजक शिवराज सर्माले  बताएका थिए ।

उक्त कार्यक्रम मानसरोवर बहुमुखी क्याम्पसमा शनिवार दिनको ११ वजेबाट सुरु भइ दिनको ३ वजे सम्पन्न भएको थियो । यस अघि सनिवार विहान सिमकोटको एरपोट चोकमा जम्मा भइ बजार र्याली निकाली मानसरोवर बहुमुखी क्याम्पस सिमकोटमा कोण सभामा परिणत भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९