राज शाही बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला जिल्लामा हवाइ उडान हुन नसक्दा जिल्ला बाहिरिन र जिल्ला भित्रीन नपाएका हवाइ यात्रुहरु आज आ आफ्नो गन्तव्य तिर प्रस्तान गर्न पाएका छन् । लामो समय देखि निजि विमान पुर्व केन्द्रित भए पछि हिमाली जिल्ला हुम्लाका लागी उडान भर्न सकेका थिएनन । समिट एयरले हुम्लाका लागी नियमित उडान भर्दै आएकोमा आज विहिवार हुम्लाका लागी नेपालगन्जबाट प्यासेन्जर फलाइट र सुर्खेतबाट खाध्यन्न ढुवानी गरेको समिट एर नेपालगन्जका स्टेसन म्यानेजर दिपक शाहले बताएका छन् ।समिट एयरले हुम्लाका लागी नियमित फलाइट गरि रहेको र हुम्ली जनताको सेवाका लागी बारै महिना सेवा उपलब्द गराइ रहेको स्टेसन म्यानेजर शाहले बताएका छन् । आउदा दिनहरुमा पनि हुम्ली जनताको सेवाका लागी लागी पर्ने बताएका हुन ।

त्यसै गरी सिता एयरले आज विहिबार मात्रै हुम्लाका लागी ६ वटा फलाइट गरेको छ । यस अघि पुर्व केन्द्रित रहेको उक्त हवाइ जहाज आजबाट नेपालगन्ज फर्किएको र अव नियमित कर्णाली प्रदेशका हिमाली जिल्लामा सेवा प्रवाह गर्ने नेपालगन्ज सिता एरको कार्यालयले जनाएको छ ।पुर्व केन्द्रित सिता एरलाइन्स अव फर्की सकेकाले हिमाली जिल्ला हुम्लामा निर्माण सामाग्री, खाध्य समाग्री संगै अन्य पसल व्यवसायीका सामानहरु हुम्ला आपुर्ती गर्न र हवाइ प्यासेन्जरलाइ पनि आवत जावत गर्न सहज हुने जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
२२ औं महिला स्वास्थ्य स्वयंसेविका दिवस  विभिन्न कार्यक्रम गरि मनाइयो
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९