Mansarowar Times बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्‍वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा
जिल्ला प्रशासन कार्यालयका सम्पुर्ण कार्यक्रम बहिस्कार

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९