Mansarowar Times बिहिबार, जेठ २२, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपालमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ । पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता डा विकास देवकोटाले मृत्युको पुष्टि गरेका हुन् । मन्त्रालयका अनुसार ती व्यक्ति भारतबाट ५ दिनअघि आएका र क्‍वारेन्टाइनमा रहेका थिए । स्वासप्रश्वाससम्बन्धी समस्या आएपछि उनलाई पाल्पा मिसन अस्पतालमा भर्ना गरिएको थियो । उनको मृत्यु २० गते भएको हो ।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक र दोलखाको एक गरी १० जनाको मृत्यु भएको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९