कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र क मा कोभिण्ड १९ महामारी तथा किटजन्य रोग सम्बन्धी तालिम संचालन भएको छ । तालिम अदानचुली गाउँपालिकामा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र अदानचुली गाउँपालिकाको समन्वयमा संचालन भएको हो ।
जनप्रतिनिधि स्वास्थ्यकर्मी संचारकर्मी महिला स्वयम सेवीका लगाएतको उपस्थित रहेको तालिलाइ तिन चरणमा संचालन भएको छ । जिल्ला स्वस्थ्य सेवा कार्यालय हुम्लाका ल्याप टेक्नि सियन भक्ति फडेराले प्रशिक्षण गरेको तालिममा किटजन्य औलो तथा कालाजार रोगको नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरुसगं अभिमुखिकरण कार्यक्रम गरेको हो ।

औलो अर्थात् मलेरिया लामखुट्टको टोकाइका कारण लाग्ने रोग भएकोले मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजिविका कारण लाग्ने सम्बन्धि विषय बस्तु माथि जानकारी गराइएको थियो । लामखुट्टेले टोकेको परजिवि शरिरमा प्रवेश गरेको १० देखि १५ दिनमा यसको लक्षण देखिन सुरु गर्दछ ।

औलो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्ने परिक्षक फडेराले जानकारी गराएका थिए । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरिरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परिक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिने फडेराले बताएका थिए ।
उक्त कार्यक्रमको अध्यक्षता सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको र प्रमुख आतिथ्य सोही गाउँपालिकाका कार्यवाह अध्यक्ष एव सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कमल छत्यालको रहेको थियो ।