राम वुढा मंगलबार, बैशाख १९, २०८० मा प्रकाशित

कर्णाली प्रदेशको हुम्ला जिल्ला निर्वाचन क्षेत्र क मा कोभिण्ड १९ महामारी तथा किटजन्य रोग सम्बन्धी तालिम संचालन भएको छ । तालिम अदानचुली गाउँपालिकामा संचालन भएको हो । जिल्ला स्वास्थ्य सेवा कार्यालयको आयोजना र अदानचुली गाउँपालिकाको समन्वयमा संचालन भएको हो ।

जनप्रतिनिधि स्वास्थ्यकर्मी संचारकर्मी महिला स्वयम सेवीका लगाएतको उपस्थित रहेको तालिलाइ तिन चरणमा संचालन भएको छ । जिल्ला स्वस्थ्य सेवा कार्यालय हुम्लाका ल्याप टेक्नि सियन भक्ति फडेराले प्रशिक्षण गरेको तालिममा किटजन्य औलो तथा कालाजार रोगको नियन्त्रणका लागि स्वास्थ्यकर्मी तथा सरोकारवाला निकायहरुसगं अभिमुखिकरण कार्यक्रम गरेको हो ।

औलो अर्थात् मलेरिया लामखुट्टको टोकाइका कारण लाग्ने रोग भएकोले मानिस तथा अन्य केही जनावरलाई समेत लाग्ने यो रोग प्लाज्मोडियम समूहका प्रोटोजोआ परजिविका कारण लाग्ने सम्बन्धि विषय बस्तु माथि जानकारी गराइएको थियो । लामखुट्टेले टोकेको परजिवि शरिरमा प्रवेश गरेको १० देखि १५ दिनमा यसको लक्षण देखिन सुरु गर्दछ ।

औलो रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्नीहरु दुख्ने, असजिलो महसुस हुनेजस्ता सामान्य लक्षण देखा पर्ने परिक्षक फडेराले जानकारी गराएका थिए । निरन्तर वा दिन बिराएर ज्वरो आउने, शरिरका भित्री अंगहरु फियो, कलेजो सुन्निने, रगतको मात्रा कमी हुने तथा परजीवीको प्रकृति  शंकास्पद बिरामी तथा बिरामीहरुको रक्त नमूना संकलन गरी परिक्षण गरेपछि मात्र औलो भए÷नभएको पत्ता लगाउन सकिने फडेराले बताएका थिए  ।

उक्त कार्यक्रमको अध्यक्षता सोही गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको र प्रमुख आतिथ्य सोही गाउँपालिकाका कार्यवाह अध्यक्ष एव सोही गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष कमल छत्यालको रहेको थियो ।

 

सम्बन्धित

ताजा अपडेट
मेडिकल जीवनमा मिनेट भन्दा पनि सेकेन्डको महत्व धेरै हुनेः पुर्व मुख्य मन्त्री शाही
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र क र ख को अधिवेसन सम्पन्न
माध्यामिक विद्यालय शिक्षक युनियन जिल्ला कार्यसमिति गठन

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९