राज शाही मंगलबार, जेठ २०, २०७७ मा प्रकाशित

हुम्ला

हिमाली जिल्ला हुम्लामा लगडाउन अर्थात वन्दा वन्दीले आम्सिक रुपमा प्रभाव पारेको देखिन्छ । सरकारले घर बाहिर ननिक्लिन बाध्यकारी नियम लगाए पनि हुम्लाका गरिवको रेखामुनी रहेका जनता बाध्य वस ज्यान पाल्नकै लागी भए पनि घरबाहीर निस्कन थालेका छन् ।

सोझा साझा हुम्ली जनतालाई बन्दावन्दी भनेको केहो, सामाजिक दुरी भन्नाले के वुझिन्छ भन्ने सम्मको जनचेतना कम भएको पाइएको छ । गाउँ घरमा भेला जम्मा भइ विकास निर्माणका काम देखि लिएर अन्य मेलापातोमा समुह बनाएर जाने गरेका छन ।

सरकारले वन्दा वन्दी गरे पनि हामी वन्दा वन्दीको वेला हात पाखुरा नचलाए घरको चुलोमा आगो समेत नबल्ने भएकाले बाध्य भएर घर बाहिर कामको लागी सहर बजार सम्म जानु पर्ने वाध्यता रहेको खार्पुनाथ गाउँ पालिका वडा नं ५ का लक्ष्या कामीले बताएका छन् ।

कामीका अनुसार आफु अहिले ६२ वर्षको भएको र घर परिवार निकाला अर्थात बाँसको डोका थुन टोकरी वुनेर घर परिवार पाल्दै आएकोमा यो पछिल्लो समय सरकारले बन्दावन्दी जारी गरे पछि घरमा वुनेका डोका डाला नजिकको वजारमा लिएर बिक्री गर्न नसक्दा घर परिवार पाल्न समेत समस्या भएको कामीले बताए ।

आफ्नो ७ जनाको परिवार भएको र गाउँ घरमा प्रसस्त जग्गा जमिन नभएकाले खेती वारी गरि खाने अवस्था समेत नभएको र नेपाल सरकारले सामुदायीक वनको अवधारण ल्याउदा वनजंगलबाट निकाला अर्थात बाँसको पनि राजस्व अर्थात पुर्जीको पैसा तिर्नु पर्दा आफु जस्ता गरिव झन गरिब हुदै गएको कामीले बताए ।

सरकारले हामी जस्ता गरिवको रेखा मुनी रहेकालाई राहत प्याकेजका कार्यक्रम ल्याउनु पर्ने यो वन्दा वन्दीमा सरकारले गरिव निमुखा जनतालाई राहत वितरण गर्ने भने पनि आफु जस्ता गरिवले अहिले सम्म काँही कतैबाट राहत नपाएको गुनासो गरेका छन् ।

आफु वृद्ध भएको र आफुले महिनामा मुस्किलले ३ डोका सम्म वुन्ने गरेको र ति डोकाको मुल्य ५ सय सम्म गर्ने गरेको भए पनि यो बन्दा वन्दीले वजारमा लिएर विक्रि गर्ने अवस्था समेत नहुदा सारै पिडित भएको कामीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९