२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र सोही गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार) को प्रमुख आतिथ्यमा संचालन भएको बार्षिक उत्सव तथा अविभावक दिवशको विशेष आतिथ्यमा सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको रहेको थियो । स्थानियवासी मोहन विर रोकाया र अक फडेराको पहलमा मिति २०५२ सालमा स्थापना भएको विद्यालय हाल ८ कक्षा सम्म संचालन हुँदै आएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् । सोही अवसरमा विद्यालय प्रथम हुने कक्षा ७ का छात्र रोसन वुढा र विद्यालय दोश्रो हुन छात्रा सोविता थापालाई प्रमुख आतिथि अध्यक्ष विशेष अतिथिले पुरुषकार समेत हस्तान्त्रण गरेका थिए । विद्यालय प्रथम हुने रोसन वुढाले ८३M१६ प्रतिसत र दोश्रो हुने सोविता थापाले ८३ प्रतिसत अङ्क प्राप्त गरेका थिए । त्यसै गरी अनुसानमा छात्रा सुमित्रा फेडेरा, छात्र तर्फ अविराज थापा उत्कृष्ट भएका छन् । सरसफाइमा छात्र सन्जिव रोकाया र छात्रामा कल्पना फडेरा उत्कृष्ट भएको जानकारी प्राप्त भएको छ ।