राज शाही शुक्रबार, बैशाख ०८, २०८० मा प्रकाशित

featured photo: Mansarowar Times

२८ औ बार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको छ । विभिन्न सास्कृतिक कार्यक्रम गरी हुम्ला जिल्लाको अदानचुली गाउँपालिकामा रहेको छत्रपाल आधारभुत विद्यालयमा २८ औ वार्षिक उत्सव तथा अविभावक दिवश मनाइएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विष्ठको अध्यक्षता र सोही गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाया (सुधार) को प्रमुख आतिथ्यमा संचालन भएको बार्षिक उत्सव तथा अविभावक दिवशको विशेष आतिथ्यमा सोही गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मेघनाथ शाहीको रहेको थियो । स्थानियवासी मोहन विर रोकाया र अक फडेराको पहलमा मिति २०५२ सालमा स्थापना भएको विद्यालय हाल ८ कक्षा सम्म संचालन हुँदै आएको हाम्रा अदानचुली संवाददाता राम बुढाले बताएका छन् । सोही अवसरमा विद्यालय प्रथम हुने कक्षा ७ का छात्र रोसन वुढा र विद्यालय दोश्रो हुन छात्रा सोविता थापालाई प्रमुख आतिथि अध्यक्ष विशेष अतिथिले पुरुषकार समेत हस्तान्त्रण गरेका थिए । विद्यालय प्रथम हुने रोसन वुढाले ८३M१६ प्रतिसत र दोश्रो हुने सोविता थापाले ८३ प्रतिसत अङ्क प्राप्त गरेका थिए । त्यसै गरी अनुसानमा छात्रा सुमित्रा फेडेरा, छात्र तर्फ अविराज थापा उत्कृष्ट भएका छन् । सरसफाइमा छात्र सन्जिव रोकाया र छात्रामा कल्पना फडेरा उत्कृष्ट भएको जानकारी प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
बाजुराको गुम्बा गाउँका स्थानीय हुम्ला अन्तरगत मैला पञ्चायतमा
रेडियो कर्णाली आवाजको बार्षिक उत्सबमा जवाफ देहिता कार्यक्रम
बालबालिकाका कार्यक्रममा अभिभावक साथमा राख्नु पर्ने नाम्खा उपाध्यक्षः तक्दिर लामा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९