Mansarowar Times सोमबार, जेठ १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

कर्णाली प्रदेशका ६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्किएका नागरिकहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण एक जनाको मृत्यु भएको छ भने सोमबार विहानसम्म १६६ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, सल्यान, मुगु र जुम्ला जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

आइतबार अबेर राति ४३ जनामा संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा एकै दिन यतिधेरै संक्रमित देखिएका हुन् ।

नयाँ संक्रमित मध्ये २४ जना दैलेख जिल्लाको नारायण नगरपालिका, सिमडा, सोत, सादु, जुकेपानी र दुल्ल गाउँपालिका रहेका छन् । यस्तै १७ जना जुम्लाको हिमा र सिंजा गाउँपालिकाका रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ ।

संक्रमित मध्ये दुईजना जिल्ला प्रहरी कार्यालयका प्रहरी रहेका छन् । योसँगै कर्णालीका ६ जिल्लामा कोरोना भाइरस संक्रमितको कुल संख्या १६६ पुगेको छ ।

कर्णालीका हुम्ला, डोल्पा, रुकुम पश्चिम र जाजरकोटमा कोरोना भाइरसको संक्रमण हालसम्म देखिएको छैन ।

सम्बन्धित

ताजा अपडेट
अनुमति लिएर राखिएका हातहतियार बुझाउन अपिल
लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएको , काँग्रेस उम्मेदवार रोकाया
प्रतिनिधिसभा निर्वाचनका लागि हुम्ला जिल्लाबाट ८ वटा दलले मनोनयन दर्ता

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९