नन्द सिंह आइतबार, जेठ १८, २०७७ मा प्रकाशित

हुम्ला,
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि हुम्ला जिल्लाका १९ जनाको जेठ १६ गते यता स्बाव संकलन गरिए पनि जेठ १८ गते मात्र जहाजमार्फत प्रदेश अस्पताल सुर्खेत परिक्षणका लागि पठाइएको छ ।
कर्णाली माध्यामिक विद्यालय चौगानफयाको क्वारेन्टाइन बसेका पाँच जना, जिल्ला समन्वय समिति कार्यालय बसेका छ जना, दुई जना नेपाली सेना, राष्ट्रिय वाणिज्य बैँकका पाँच जना र सिमकोट गाउँपालिका एक जना गरी १९ जनाको स्वाब संकलन गरिएको थियो ।

संकलन गरिएका स्वाब प्रदेश अस्पताल सुर्खेतमा जहाजमार्फत पठाइएका व्यक्तिहरुको रिर्पोट भने जेठ १९ गतेसम्म आउने जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिहंले जानकारी दिए ।
छुटेका जनप्रतिनीधिहरुको स्वाब पूर्ण संकलन गरिने प्रमुख सिहंको भनाई छ । प्रमुख सिंहका अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालयमा हाल १ सय ६० वटा भिटिएम र ३ सय ४५ वटा आरडिटी किट बाँकी रहेको जानकारी आएको छ ।

तर पछिल्लो समयमा हुम्लाको तल्लो भेगका चरावटा गाउँपालिकामा जेठ १६ गते यता गाडीबाट पठाइएका करीव १ सय भन्दा बढि व्यक्तिहरु जिल्ला पुगि सकेका छन भने माथिल्लो भेगका तीन गाउँपालिकामा जहाजद्धारा ओसार्ने भनिएता पनि त्यसको यकिन भएको छैन ।
जिल्लामा मानिसहरुको भित्रिने संख्यामा बढ्दो क्रम भएपछि भिटिएम र आरडिटी किटको भने अभाव हुने प्रत्यक्ष देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाको श्रोतले जनाएको छ ।
सो कार्यालयले केही दिन अगाडी जिल्लाका क्रियाशिल व्यक्तिहरुको पिसिआर परिक्षण एक मुष्टमा गर्ने भनिएता पनि हाल दुई चार जनाको संख्यामा पनि चेकजाँच गर्ने गरेको देखिएको छ । जसमा परिक्षण गर्नेमा स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी लगायतका व्यक्तिहरु परेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
संविधान दिवसको अवसरमा पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीद्धारा शुभकामना व्यक्त
२ दिने “OPDs र CBOs को क्षमता अभिवृद्धि तालिम सम्पन्न
सि.डि.सि.नेपालको आयोजनमा क्षमता अभिवृद्धि तालिम

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९