राज शाही शनिबार, जेठ १७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा दुध दहीको अभाव हुने गरेको छ । सिमकोटमा दुध दही नपाउने भए पछि त्यसको सट्टामा मधिरा वढि खपत हुने गरेको भन्ने पनि पटक पटक जिल्लामा खानेखुसी हुदै आएको छ ।

जिल्लाको गाउँ घरमा प्रसस्त दुध दही पाउने भए पनि सदरमुकाम सिमकोटमा दुध दही मुस्कीलले हप्ताको १ दिन पाउने गरेको छ । केही पसल व्यवसायीले दुधको डेरी खोली जिल्ला बाहिर नेपालगन्ज सुर्खेतबाट झिकाइ त्यही दुध विक्री गर्ने गरेका छन् ।

सडकको विस्तार नहुदा गाउँमा उत्पादन भएको दुध दही बजार सम्म आउन सकेको छैन । गाउँमा उत्पादन भएको दुध दहीलाई मही बनाइ घिउ पारेर बिक्री गर्ने गरिन्छ ।

तर पछिल्लो समय सिमकोट गाउँ पालिकाले आफ्ना ७ वटै वडामा सडक विस्तार कार्यलाई तिव्रता दिदा सिमकोट नजिकका गाउँ सम्म सवारी सधान पुग्दा अहिले जिल्ला सदरमुकाममा थोरै भए पनि हिमाली चौरी गाइको दुध हप्ताको ४ दिन जिल्ला सदरमुकाम सिमकोटमा कृषकले विक्रिमा ल्याउन थालेका छन् ।जसले गर्दा जिल्ला सदरमुकाम सिमकोटमा दुध तथा दहीको अभाव केही हत सम्म कम भएको छ ।

हप्ताको ४ दिन चौरी गाउँको दुध सिमकोटमा विक्री गर्न ल्याउने गरेको सिमकोट गाउँ पालिका वडा नं ४ लाङदु गाउँकी पामा लामाले बताएकी छन् । जसले गर्दा घरको तेलतोरी बालबालिकाको कापी कलम लुगा फाटो जोड जम्मा गर्न सहज भएको लामाले बताइन । १ मानाको १ सय रुपैंयामा विक्री गर्ने गरेको र व्यवसायीक रुपमा चौरी पालन गरेको नभए पनि घर परिवारलाई दुध दहीको आवश्यकता परिपुर्ती गरि बचेको दुध दही वेच्ने गरेको लामाले बताइन । हप्ताको ४ दिन प्रति दिन ८ माना सम्म बेच्ने गरेको र एक पटक वचेको ८ सय सम्म हुने गरेको लामाले बताइन ।

जिल्ला सदरमुकाम सिमकोटमा यतिवेला सिमकोट गाउँ पालिकाको लाङदु वुराउसे लिमाटाङ वरगाउँबाट दिनको ८।१० जनाले दुध दही विक्रि गर्न ल्याउने गरेका छन् । जसले गर्दा जिल्ला सदरमुकाम सिमकोटमा विहानी पख ताजा हिमाली चौरी गाइको दुध तथा दही सहजै पाउने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९