दाने बोहरा शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला
हुम्लाको सदरमुकाम सिमकोटमै रहेको सिमकोट गाउँपालिकाले आफना सबै वडामा सडक विस्तारको काम लाई पहिलो प्रथामिकता दिईरहेको छ । सिमकोट गाउँपालिकाले आm्ना सबै वडामा सडक पुराउनको लागी सडकको ट्रयाक ओपनिङ्गको कामलाई गत वर्ष देखि प्रथामिकता दिएको भएता पनि नातावाद र कृपावादको तवरमा सकडको ट्याक ओपनिङ्ग गरीरहेको छ ।

सदरमुकाम सिमकोट देखि वडा दुई ठेहे सम्ममा ट्रयाक ओपनिङ्गभए सँगै ठेहेमा जनप्रतिनिधिका लागी मात्रै गाडि पुगेको छ । सिमकोट गाउँपालिकाले आफ्ना सबै वडामा गाडि पुराउने लक्ष्य लिएता पनि मापदण्ड बिपरीत ट्रयाक खुल्दा स्थानीयले विरोध जनाएका छन् ।

ट्रयाक ओपनिङ्ग गरी सडक निर्माण गर्ने जिम्बा लिएका ठेकेदारको मनपरी, सिमकोट गाउँपालिकाको लापारबाहि र मापदण्ड विपरीत सडक निर्माण हुँदा स्थानीयले समस्या भोग्नुपरेको छ ।

सधै खाद्ययन्नको अभावमा पिल्सीयका सदरमुकामवासीलाई सिमकोट गाउँपालिकाले आफ्ना सबै वडामा सडक पुराउने नाउमा आफ्ना अर्का छुटाएर मापदण्ड विपरीत सडक निर्माण गरेको आरोप वडा दुई निवासी हेमन्त बोहराले गुनासो गरेका छन् ।

सिमकोट गाउँपालिकाले पहिलोपटक ट्रयाक खोल्ने सर्बे गरेता पनि पछि गएर ईन्जिनियरले भनसुनको आधारमा सर्बेगरेको पाईएको छ ।

यसरी मापदण्ड विपरीत ट्रयाक ओपनिङ्ग हुँदा वडा दुई ठेहेका स्थानीय कर्ण बोहरा, गोकुल बोहरा,बलरुप बोहरा सहित नौ वटा घरधुरीको जग्गामा ठुलो क्षेति पुगेको राजबहादुर बोहराले गुनासो गरेका छन ।

आफुहरुको खाने जिउने जग्गा नै गाउँ नजिकको भएकाले सबै जग्गामा रोड बनाई दिएपछि अब के गर्ने भन्नेमा चिन्ता व्यक्त गरेका छन ।
ट्रयाक ओपनिङ्गमा पनि वडा दुईका अध्यक्ष नर भण्डारीले मापदण्ड विपरीत ट्रयाक ओपनिङ्ग गर्ने काममा साथ दिएको त्यहाँका स्थानीयले आरोप लगाएका छन ।

यस्तै गएको बर्षमा सिमकोट गाउँपालिका कै वडा ७ को डाँडाफया गाउँमा आन्तरिक सडक खन्ने काम सडक को मापदण्ड अनुसार नभएको स्थानीय बासिदाले गुनासो गरेका छन ।

गएको आर्थिक बर्ष सिमकोट गाउँपालिकाले आफनो लक्ष्य अनुसार सडकको ट्रयाक सन्तोषजनक नखुलाएको पाईएको छ । तर प्राविधीकको लापर्वाबाही र ठैककेदारको मनपरिले र इन्जिनीएरले सडकको मापदण्ड अनुसार सडक निमार्ण हुन नसेको खुलासा भएको छ ।

केही दिन अगाडी मात्रै सिमकोट गाउँपालिकाका जनप्रतिनिधि र नेताहरुा पुगेता पनि सडकले क्षेती पुराएकाहरु सँग समन्वय नभएको पाइएको छ । अबका एक दुई दिनमा पहिलाको गोरेटो बाटो मात्रै छोडेर सडक नै बन्द गर्ने चेतवानी दिएका छन् ।

गाउँ नजिक रहेको पैरापोरीमा अबका केही दिन भित्रै बाटो बन्द गर्ने उनीहरुले बताएका छन् ।

अहिले वर्ष सडकको ट्याक ओपनीङ्ग गर्दा राहत दिने गर्त वर्ष कार्तिकमा टिप्ने तुलफलको नोक्सान गरी कुनै राहतको व्यवस्था नगरी वयवास्ता गर्ने भएपछि आक्रोसमा पुगेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हुम्लाका छ दर्जन बढी योजनाको काम चिसोले प्रभावित
हेड नेपालको सहयोगमा ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो
मोतिया विन्दु सल्यक्रिया र हेपाटाइटिस बि सम्बन्धिको भ्याक्सिनेसन शिविर

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९